लोक सेवा आयोगका अधिकृतले शाहीले आफ्नै छोरीलाई पास गराउन खोजेपछि...

Loksewa aayog bilding

काठमाडौं । ‘आफ्नै हात, जगन्नाथ’ भनेझैं लोक सेवा आयोगका अधिकृत मिमबहादुर शाहीले आफ्नी छोरीलाई लोक सेवा आयोगले लिने परीक्षा उत्तीर्ण गराउन खोजेको रहस्य खुलेको छ ।

२०७६ जेठ ११ मा भएको नेपाल वायुसेवा निगमको सहायक चौथो तह (खरिददार) पदको लागि भएको बस्तुगत परिक्षामा आफ्नो छोरीले दिएको उत्तरपस्तिकामा सबै प्रश्नको उत्तर आफैं मिलाई दिएको खुलेको हो । सो परिक्षामा छोरीलाई सबै प्रश्नको उत्तर ‘सी’ लेख्न बुबा मिमबहादुर शाहीले सल्लाह दिएका थिए । सोही अनुसार छोरीले पछि ती सबै उत्तर मिलाएकी थिइन् ।

अधिकृत शाहीले (अब्जेक्टिभ) वस्तुगत परीक्षाको उत्तर पुस्तिकामा सबै ५० वटै प्रश्नका उत्तर ‘क्यापिटल’ नभई ‘स्मल’ ‘सी’ मात्र लेखेर बाहिरिन भनेका थिए । उनकी छोरीले त्यसै गरिन् । उत्तरपुस्तिका जाँच्ने क्रममा शाहीले पछि ‘सी’ लाई ‘ए’, ‘बी’ र ‘डी’ पनि बनाएर सच्याए ।

नतिजा प्रकाशन हुँदा उनकी छोरीको वस्तुगत परीक्षाको ५० वटै प्रश्नको उत्तर मिल्यो । अन्तिम नतिजा प्रकाशनको निर्णय गर्नुअघि उनकी छोरीको नाम एक नम्बरमा थियो । अन्तर्वार्ताका लागि छनोट सूचीको पहिलो नम्बरमा उनको नाम थियो ।

त्यही सूची बोकेर मिमबहादुर सूचना प्रकाशन गर्ने निर्णयको प्रस्ताव बोकेर सचिव आनन्दराज ढकालको कार्यकक्षमा पुगे । सचिव ढकालले कहिलेकाहीँ नतिजाको प्राप्तांक र शंका लागेका अन्य विवरणमाथि सोधखोज गर्थे ।

उनको प्राप्ताङ्क अस्वाभाविक लागेर सचिव आनन्दराज ढकालले पुनः छानबिन गर्न निर्देशन दिए । उनले कर्मचारीलाई त्यसबारे केरकार गरे । तर अधिकृत मिमबहादुरले कुनै गडबड नभएको दाबी गर्दै जसरी पनि त्यही दिन लिखित परीक्षाको नतिजा सार्वजनिक हुनुपर्ने अडान राखे । उनको अस्वाभाविक गतिविधिपछि त्यो दिन कुनै निर्णय भएन, बरु प्राप्तांक रुजु गर्ने र उत्तरपुस्तिकासमेत फेरि हेर्ने निर्देशन भयो ।

त्यही क्रममा छानबिन हुँदा कर्णालीले वस्तुगत प्रश्नको सबै उत्तरमा अंग्रेजी ‘सी’ लेखिएको र पछि त्यसमा थपेर ए, बी र डी बनाइएको देखियो । परीक्षा केन्द्रबाट उत्तरपुस्तिका संकलन भइसकेपछि कोडिङ गर्ने क्रममा मिमबहादुर स्वयं वा उनीसँग मिलेमतो गर्ने अरू कोही कर्मचारीले अक्षर थपिदिएको पाइएको हो ।

छानबिन गर्दा बाबुले नै उत्तर लेखिदिएर पास गराउन खोजेको खुलेको हो । विधि विज्ञान प्रयोगशालाले पनि उत्तरपुस्तिका सच्याएको प्रमाणित गरेको छ । उनकी छोरीको भने उत्तर पुस्तिका रद्द गरिएको छ । आयोगले रोल नं. ३२९८ नम्बरको ती परीक्षार्थीको सबै परीक्षा रद्द गरिएको जानकारी सूचना निकालेर दिएको थियो ।

हाल मिमबहादुर शाहीलाई दरखास्त व्यवस्थापन केन्द्रमा पठाइएको छ भने उनको पाँच वर्षसम्म बढुवा र ग्रेड वृद्धि रोक्काको तयारी गरिएको छ । अनियमितता गरेको खुलेपछि लोक सेवा आयोगले शाहीसँग सुरुमा स्पष्टीकरण सोधेको थियो । उनले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि आयोगले कारबाही गरेको हो ।

लोक सेवा आयोगमा यस्ता छिटपुट घटना यसअघि पनि भएका छन् । तर, अन्तिम नतिजा प्रकाशित हुनुअघि नै अनियमितता सार्वजनिक भएपछि त्यस्ता परीक्षा रद्द हुने गरेको छ ।

यसअघि शैक्षिक जनशक्ति विकास केन्द्रका तत्कालीन कार्यकारी निर्देशक (हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव) सूर्यप्रसाद गौतमले लोक सेवा परीक्षा दिएकी आफ्नै श्रीमती इन्दिरा ढकाल गौतमको उत्तर पुस्तिका जाँचेर विद्यालय निरीक्षक पदको लिखित परीक्षा पास गराएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...