गोठमा बाँधेको भैंसी अपहरण गरी लाखौं फिरौती मागेपछि...

गोठमा बाँधेको भैंसी अपहरण गरी लाखौं फिरौती मागेपछि...

काठमाडौँ । समाजमा अनेक रोचक घटनाहरु सार्वजनिक भइरहेका हुन्छन् । यस्तै रोचक घटना हालै सार्वजनिक भएको छ । घटना भारतको हो । जहाँ अपहरणकारीले भैंसी अपहरण गरी फिरौती मागेका छन् ।

मानिसको अपहरण भएको वा कुनै बस, जहाज तथा सवारी साधनको समेत अपहरण गरिएको सुनेका छौ । तर, भैसी नै अपहरण गरिएका घटना विरलै होलान् । सुन्दा अचम्म लाग्न सक्छ । लाखौं रकम फिरौती माग्न अपहरणकारीले गोठमा बाँधेको भैंसी नै अपहरण गरेको घटना सार्वजनिक भएको हो ।

भारतको उज्जैनकी अंगूरबाला हान्डा नामक महिलाको गोठबाट मध्य रातमा भैंसी अपहरण गरी लाखौं रकम फिरौती माग गरीयो । हान्डा डेरी फर्मकी मालिक अंगुरवालाको गोठमा रहेको मुर्राह जातको भैसीलाई दोश्रो पटक अपहरण भएको हो ।

त्यसो त मुर्राह जातको भैंसीको मुल्य दुई लाख चालिस हजार देखि ८ लाखसम्म पर्ने गरेको छ । अंगूरबालाको गोठबाट यसअघि पनि भैंसीको अपहरण भएको थियो । उनले २ लाखमा सो भैसीलाई फिरौती दिएर छुटाएकी थिइन् ।

तर उक्त घटनाको एक वर्ष नबित्दै फेरी अर्को भैसी अपहरणमा परेको थियो । भारत प्रहरीले भैसि अपहरणको घटनामा दोषि पहिचान गर्न अनुसन्धान गरीरहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...