आज पनि अधिकांश स्थानमा भारी बर्षा, कहाँ–कहाँ छ बाढी ?

Badhe

काठमाडौं । नेपालमा सक्रिय मनसुनी वर्षा अझै केहि दिन जारी रहने मौसमविदले बताएका छन् । आज (सोमबार) पनि देशका अधिकांश स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ ।

महाशाखाले आज (सोमबार) देशभर बदली भई धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ । प्रदेश १, २ र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका एक–दुई ठाउँमा भारी वर्षाको समेत सम्भावना छ । यस्तै राति पनि धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा जारी रहने सम्भावना छ । प्रदेश १ र २ का थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी र नारायणी नदीमा बहाव सतर्कता तह आसपास हुने । केही सहायक नदीमा खतरासम्म पुग्न सक्ने । यस्तै बबई, पश्चिम राप्तीलगायतमा बहाव बढ्दो हुने । तर, सतर्कता तलै हुने । कन्काई, कमला, बागमती नदीमा बहाव सतर्कता आसपास हुने । केही सहायक नदीमा खतरा आसपास हुने ।

प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका मध्यपहाडी, चुरे र तराईबाट बहने स—साना नदीहरूमा बहाव बढेर सतर्कता आसपास हुने । केहीमा खतरासम्म पुग्न सक्ने ।

 

प्रतिकृया दिनुहोस