भदौं २५ गते बुधबार, यस्तो छ तपाईको भाग्य

Rashi budhabar krishna vagawan

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तपाईका लागि उत्तम दिन छ । नयाँ कार्य थालनीको योग रहेको छ । भुमि तथा वाहन सम्बन्धी समस्याले सताउने छ । सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्नेछ । साथै सामान्य अपजस खेप्नु पर्ला । पारिवारिक स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
माल सामान हराउन सक्ने सम्भाबना रहेको छ । अपरिचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै वेश हुनेछ । मित्रजनहरुको सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन् । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
खानपानका क्षेत्रमा बिशेष सजग रहनु उत्तम रहने छ । मान्यजनहसगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेको छ । ब्यापार ब्यवसाय मध्यम रहला । साझेदारी काममा लगानी नगरेकै वेश हुनेछ । आफन्तसँगको भेटघाटले मन प्रसन्न रहने छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने भएकाले सहज रहनु उत्तम हुनेछ । ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेको छ । मानसिक चन्चलताका कारण गरिरहेका कार्यमा सामान्य ढिलाई हुन सक्छ । आर्थिक क्षेत्र मध्यम रहने छ । दाजुभाई तथा मित्रजनसँगको सम्बन्ध टाढिन सक्छ । परिवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थमा आउने समस्याले सामान्यरुपमा खर्च गराउने सम्भाबना छ । कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्ने छ । सामान्य यात्राको योग रहनेछ । शत्रु सबल रहनाले कुरा काट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्यन अध्यापनका निम्ती अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेको छ । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेको छ । नयाँ लगानी गर्ने उत्तम समय छ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने छ । यात्रा फाईदामुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भौतिक श्रोतसाधनका प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेको छ । ब्यापार ब्यवसायमा समय मध्यम रहने छ । मान प्रतिष्ठा प्राप्तिको योग रहेको छ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला । स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अधिक आत्मबिश्वास तथा घमडका कारण मित्रतथा दाजुभाईसगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । अरुको कार्यक्षेत्रमा भएको त्रुटिको अपजस तपाईले खेप्नु पर्नेछ । यात्रामा सामान्य चोटपटकको सम्भाबना रहेको छ । मान्यजनको सहयोगमा गरिएका कार्यले दीगो फाईदा दिलाउनेछ । पारिवारिक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज त्यति दिन राम्रो छैन, मध्यम छ । अनावश्यक खर्चको सम्भाबना रहेको छ । खानपानमा ध्यान नदिँदा स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्ने छ । नयाँ लगानीका क्षेत्रमा सजग रहनु उत्तम रहने छ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनुपर्ने समय रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अधुरा कार्य सम्पादन गर्न सकिने छ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहने छ । परिवारका सदस्यहरु मध्ये कसैको स्वास्थमा समस्या उत्पन्न हुन सक्ने छ । आय आर्जनको क्षेत्र मध्यम रहने छ । जीवन साथीको सहयोगमा गरिएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द
तात्कालिन आर्थीक अभाबको सामना गर्नुपर्नेछ । नजिकका साथीबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । झुटा आरोपको सम्भाबना रहेको छ । स्वास्थ क्षेत्रको समस्या जटिल बन्ने योग रहेको छ । स्वास्थसम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । अरुको कुरामा बिशेष ध्यान नदिनु होला ।

मिन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शुभचिन्तकहरुको साथ सहयोगमा आर्थिक क्षेत्र सबल बन्ने छ । भोजभतेर जन्य कार्यमा सहभागीताको योग बन्ने छ । पुराना मित्रजन सगँको भेटघाटले मन हर्षित रहला । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेको छ । आय आर्जनमा वृद्धि गर्न तपाईले बढी परिश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा वृद्धि गर्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

पुरुषको लिंग किन सधैं उत्तेजित हुँदैन ? यस्तो छ कारण

Purush ling

काठमाडौं । शारीरिक सम्बन्ध कायम गर्ने रहर जुनसुकै उमेरका मानिसमा हुन्छ । उमेर जतिसुकै पाको भए पनि...