पत्रकार हमाल रिहा

पत्रकार हमाल रिहा

काठमाडौं । पत्रकार ओम हमाल रिहा भएका छन् । सर्वोच्च अदालतको आदेश अनुसार उनी मंगलबार रिहा भएका हुन् । पत्रकार हमालकी श्रीमती मोनिका गुरुङले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको  रिट दायर गरेकी थिइन् ।

रिहा लगत्तै नेपाल बार एशोसियनको प्राङ्गणमा  नेपाल पत्रकार महासंघका तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले पत्रकार हमाललाई सम्मान गरेका छन् । 

क्रान्तिकारी पत्रकार संगठनका उपाध्यक्षसमेत रहेका जैसीले पत्रकार हमाललाई सम्मान गर्दै पत्रकारमाथि राज्य निरंकुश नबन्न र अनाहकमैं पत्रकारलाई पक्राउ गरेर दुःख नदिन चेतावनी दिए । 

भदौ ८ गते बन्दी प्रत्यक्षीकरण रिट उपर आदेश जारी गर्दै सर्वोच्च अदालतले रिहा गरे पनि हमाल सोही दिन अदालत परिसरबाटै पक्राउ परेका थिए । पत्रकार हमाललाई बुधबार नै काठमाडौं जिल्ला प्रशासन कार्यालबाट ७ दिनको म्याद थपिएको थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...