राष्ट्रिय दलित पत्रकार संघ नेपालको धनकुटामा कार्य समिति गठन

Santosh ruchal

धनकुटा । राष्ट्रिय दलित पत्रकार संघ नेपालको धनकुटामा नयाँ शाखा स्थापना भएको छ । शनिबार धनकुटामा सम्पन्न भेलाले सन्तोष रुचालको अध्यक्षतमा १५ सदस्य नयाँ कार्य समिति गठन भएको छ ।

रुचाल लामो समयदेखि पत्रकारिताका क्रियाशील छन् । उनी नेपाल पत्रकार महासंघ प्रदेश नं. १ को प्रदेश सदस्य हुन् । उनी धनकुटाबाट नयाँ पत्रिका दैनिकका समाचार लेख्छन् भने रेडियो मकालुमा पनि काम गर्छन् । 

सो समतिको उपाध्यक्षमा रबिन्द्र रणपहेली, सचिवमा सुनिल सिंह, सहसचिवमा सर्मिला मचकोटी र कोषाध्यक्षमा रामजी तिरुवा चयन भएका छन् । समितिको सदस्यमा कञ्चन दर्नाल, अनिशा रुचाल, आयुस्था शंकर, पार्वती रसाइली, सम्झना मचकोटी, सिमा गजमेर, कर्णवीर विशंखे र कलिना दर्नाल चयन भएका छन् ।

प्रदेश नं. १ का प्रदेश सांसद निरन राई, राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय सदस्य सरीता बराइली, प्रदेश नं. १ का प्रदेश अध्यक्ष नैन रुचाल, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, पूर्व केन्द्रीय उपाध्यक्ष सञ्जयसन्तोषी राई, फोनिज धनकुटाका अध्यक्ष सन्तविर लामा लगायतको सहभागीता थियो ।

राष्ट्रिय दलित पत्रकार सघं धनकुटाले आयोजना गरेको दलित पत्रकारको क्षमता विकास कार्यक्रम प्रदेशसभा सदस्य निरन राईको निर्वाचन क्षेत्र विशेष कार्यक्रमको सहयोगमा धनकुटामा संचालन गरेको दलित पत्रकारहरुको क्षमता विकास कार्यक्रममा वोल्ने वक्ताहरुले यस्तो वताएका हुन ।

सो अवसरमा वोल्नुहुदै प्रदेशसभा सदस्य निरन राईले दलित समुदायलाई आर्थिक तथा सामाजिक रुपमा सक्षम वनाउन आगामी दिनमा थप सहयोग गर्ने बताए । उनले जातीय विभेद तथा छुवाछूत गर्नेलाई कानूनी कारवाहीबारे सबैलाई जानकारी दिनुपर्नेमा जोड दिए ।

राष्ट्रिय दलित पत्रकार संघ जिल्ला अध्यक्ष सन्तोष रुचालको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) का उपाध्यक्ष अर्जुन राई, दलित एकता समाज धनकुटाका सहसंयोजक कोपिला शंकर, धनकुटा नगरपालिका वडा नं. ५ का वडा सदस्य अम्बिका परियार, नेपाल पत्रकार महासघं लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ १ नं. प्रदेश समिति अध्यक्ष नैन विश्वकर्माले दलित समुदायको अवस्था, भोग्नुपरेको समस्या तथा धनकुटा जिल्लाका दलित समुदायको अवस्था र दलित समुदायमा हुने गरेका विभेद तथा छुवाछूतका घटना लगायतका बारेमा जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...