कक्षा कोठामै विद्यार्थी मुर्छा पर्न थालेपछि पढाई प्रभावित

कक्षा कोठामै विद्यार्थी मुर्छा पर्न थालेपछि पढाई प्रभावित

सल्यान । कक्षा कोठामै विद्यार्थीहरु विरामी पर्न थालेपछि जिल्लाको शारदा नगरपालिका ११ महेन्द्र रत्न माध्यमिक विद्यालय हिवल्चाको पढाई प्रभावित भएको छ ।

दुई महिना यता कक्षा कोठामै छात्राहरू मुर्छा पर्ने, बर्बराउने, काप्ने गरेपछि पढाई प्रभावित भएको हो । ९ वर्ष उमेर देखि १२–१३ वर्षभित्रका छात्राहरूमा यस्तो प्रकारको रोग देखिएको विद्यालयका प्रधानाध्यापक जीतबहादुर बुढाथोकीले बताए ।  

छात्रा विरामी पर्न थालेपछि अन्य विद्यार्थी समेत डराउन थालेका छन् । विद्यालयमा जाँदा विरामी होइन्छ भन्ने डरले विद्यार्थी विद्यालय निकै कम आउन थालेको बुढाथोकीले बताए । विगगतका वर्षहरूमा २–३ जना छात्रामा यस्तो समस्या देखिएको थियो । तर जेठ महिनादेखि यो समस्या बढेर गएको उनको भनाई छ । 

मनोपरामर्शदातालाई ल्याएर परामर्श दिँदा पनि विद्यार्थी विरामी हुने क्रम नरोकिएको उनले बताए । केही साता यता दैनिक २० देखि २५ जना छात्राहरू काप्ने, बरबराउने, मुर्छा पर्ने गरेका छन् । विद्यालय बाहिर यस किसिमको समस्या नदेखिएको शिक्षिका प्रतिभा ओलीले बताइन् । 

उनले भनिन, ‘विद्यालयमा आएपछि र्बबराउने, काप्ने मुर्छा पर्ने भएपछि विद्यार्थी विद्यालयमा आउन मान्दैनन् । रोगको पहिचान गरी निदान गर्न नसक्दा समस्या बढ्दै गएको ओलीको भनाई छ ।’  दैनिक यस प्रकारको समस्या देखा परेपछि विद्यालयमा विद्यार्थी उपस्थिति कम हुँदै गएको छ । विरामी भएका विद्यार्थीलाई केही दिन घरमै आराम गर्न आग्रह गर्ने गरेको प्रअ बुढाथोकीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...