सनराइजले ल्यायो एकैदिन चार शाखा सञ्चालनमा

1557909141

काठमाडौँ । सनराइज बैंकले सहजरुपमा बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले आज एकैपटक विद्युतीय माध्यममार्फत चारवटा शाखा र एक विस्तारित काउन्टर सञ्चालनमा ल्याएको छ ।

कोभिड–१९ का कारण पर्नसक्ने सम्भावित असर एवं बन्दाबन्दीलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपाय अवलम्बन गरी ती शाखा र विस्तारित काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले वित्तीय सेवाको पहुँच बढाउने लक्ष्यका साथ आज कपन, कान्तिपथ, भंगाल र कुमारीगालमा नयाँ शाखा तथा हरिसिद्धिमा विस्तारित काउन्टर सञ्चालनमा ल्याइएको जानकारी दिए ।

कोरोनाको महामारी फैलिएको र नेपालमा पनि यसको प्रभाव देखिएको सन्दर्भमा बैंकले जटिल परिस्थितिलाई मध्यजनर गर्दै विद्युतीय माध्यममार्फत ती शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

ती शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्ने, सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने र साना तथा लघु व्यवसायी माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखिएको छ ।

बैंकले हालसम्म १३४ शाखा, ४८ शाखारहित बैंकिङ सेवा, १० विस्तारित काउन्टर र १६० एटिएममार्फत छ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस