बाढीले ३३ घरपरिवार विस्थापित

F8ab3f5811b49f0bcbe428ca9a68fc631594521532

काठमाडौँ । अविरल वर्षाका कारण विराटनगर महानगरपालिका–१२ बखरीको सिमराही बस्तीमा केसलिया खोलाको पानी पस्दा ३० घरपरिवार आज विस्थापित भएका छन् ।

वडाध्यक्ष हीरालाल कामतले गएराति आएको अविरल वर्षाका कारण बाढी बस्तीमा पसेपछि डुबान हुँदा विस्थापित भएका ३० घर परिवारका करिब १५० जनालाई उद्धार गरी विद्यालयमा सुरक्षित बसोबासको व्यवस्था गरेको बताए ।  विस्थापित परिवारलाई महानगर तथा वडा कार्यालयले आवश्यक खाद्यान्न वितरण गरेको छ ।

यसैगरी वडा नं ६ ब्रह्पुरामा केसलिया खोला बस्तीमा पस्दा तीन घर डुबानमा परेका वडा प्रहरी कार्यालय विराटनगर  ‘क’ का प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए । बाढीका कारण डुबानमा परेका घरपरिवार एवं स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ । खोला क्षेत्रमा बसोबास गर्नेलाई सर्तकता रहन प्रहरीले आग्रह गरेको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...