पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (संयुक्त) को माग

Petrol pump 16

काठमाडौं । नेपाल आयल निगमले देशको विषम परिस्थितीमा जनताको ढाड सेक्नेगरी पेट्रोलियम पदार्थमा मुल्य वृद्धि गरेकोमा चौतर्फी विरोध भइरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी निकट युवक संगठनले आपत्ति जनाएको छ ।

निगमले शुक्रबार रातीदेखि लागु हुने गरी पेट्रोलियम पदार्थमा मुल्य बृद्धि गरेको थियो । निगमले मुल्यवृद्धि गरेपछि राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (संयुक्त) ले मुल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ ।

‘यो समय पेट्रोलियम पदार्थको मूल्य बढाउनु भनेको जनतालाई थप पीडामा धकेल्नु हो । पेट्रोलियम पदार्थको मूल्य बढाउनु भनेको सबै क्षेत्र र बस्तुको मूल्यवृद्धि हुनु हो’ अध्यक्ष फणिराज ल‍ोहनी (राजु) द्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘कोरोना भाइरसको महामारीको कारण जनताको जीवनयापन अत्यन्तै असहज र कष्टकर भइरहेको बेला जनतालाई राहत दिनुको सट्टा सरकारले झन् पीडा दिन खोजेको छ ।’

सो संगठनले सरकारले जनतालाई राहत दिने बेला पेट्रोलियम पदार्थमा मुल्यवृद्धि गरेर थप पीडित बनाएको निष्कर्ष निकालेको छ । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले जनतलाई भोक र रोकबाट जोगाउने बताउने भनेर अर्कोतिर १० दिन नपुग्दै पेट्रोलियम पदार्थको मूल्य पुन बढाउनु सरकारको यस्तो बोली र ब्यबहारले जनतालाई आजित बनाइ सक्यो’ सो विज्ञप्तीमा भनिएको छ ।

आइतबार जारी विज्ञप्तीमा ‘कोरोना भाइरसको महामारी र भारी बर्षाको कारण देशैभरी आएको प्राकृतिक बिपत्तीको बेला पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (संयुक्त) जोडदार माग गर्दछ’ भनिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...