२ अर्ब २५ करोड भारु खर्चमा बन्यो पेट्रोलिम पाइपलाइन, ओली र मोदीले यसरी गर्दैछन् उदघाटन 

२ अर्ब २५ करोड भारु खर्चमा बन्यो पेट्रोलिम पाइपलाइन, ओली र मोदीले यसरी गर्दैछन् उदघाटन 

अमलेखगञ्ज । भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न भएको छ ।

पाइपलाइन विस्तार गर्न भारतले २ अर्ब २५ करोड भारु खर्च गरेको छ । सुरुमा भारतले २ अर्ब भारु र नेपालले ७५ करोड रुपैयाँ खर्च गर्ने सम्झौता भए पनि अहिलेसम्म भारतले मात्रै खर्च गरेको छ ।

२०७२ सालमा भारतसँग सम्झौता भई पाइपलाइन विच्याउन थालिएको थियो । सोही अनुसार भारतले ७० किलोमिटर लामो पाइपलाइन बिच्छाइदिएको हो । ७० किलोमिटर लामो पाइपलाइनमध्ये नेपालतर्फ ३६ किलोमिटर र भारततर्फ ३४ किलोमिटर छ ।

पाइपलाइनबाट प्रतिघन्टा २ सय किलोलिटर अर्थात २ लाख लिटर र २४ घन्टामा ४८ लाख लिटल डिजल आउनेछ  । पाइपमार्फत आएको तेल भण्डारण गर्न ४१ लाख लिटर क्षमताका २ वटा ३९ लाख लिटर क्षमताका २ वटा गरी १ करोड ६० लाख लिटर अट्ने ट्यांकी निर्माण भइसकेको छ ।

सुरक्षाका सबै उपकरण पनि जडान भइसकेका छन् । पाइपलाइनमार्फत आउने तेल कन्ट्रोल र नापजाँचका लागि अत्याधुनिक कम्युटर कन्ट्रोल रुम पनि बनिसकेको छ । मंगलबार उद्घाटन भए पनि फिनिसिङको काम भने सकिएको छैन । फिनिसिङका सबै काम सकेर भारतले परियोजना नेपाललाई हस्तान्तरण गर्नेछ ।

स्विच थिचेर उद्घाटन हुने 
पाइपलाइन उदघाटनको भव्य तयारी भइरहेको छ । निक्कै ताझामका साथ उदघाटन गर्ने तयारी पनि छ । नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौंमै छन् भने भारतीय प्रभानमन्त्री नरेन्द्र मोदी पनि भारतमै छन् । तर दुबै देशका प्रधानमन्त्रीले स्वीच थिचेर संयुक्त रुपमा उद्घाटन गर्दैछन् ।

पाइपलाइनको नेपालबाट प्रधानमन्त्री ओलीले काठमाडौंको सिंहदरबारबाटर भारतबाट भारतीय प्रधानमन्त्री मोदीले नयाँ दिल्लीको हैदराबाद हाउसबाट मंगलबार बिहान १२ बजे स्विच थिचेर उद्घाटन गर्ने कार्यक्रम छ । दुबै प्रधानमन्त्रीले स्वीच थिचेपछि मात्रै पाइपलाइनबाट तेल आउनेछ ।

मुल्य घट्ने
नेपालमा डिजलको माग धेरै भएकोले पाइपलाइनबाट सुरुमा डिजल मात्रै आउनेछ । पाइपमार्फत तेल आउन थालेपछि डिजलको मूल्य घट्ने निगमले जनाएको छ । अहिले अमलेखगञ्ज डिपोको लागि मासिक २० करोड रुपैयाँ ढुवानी भाडा भारतबाट डिजल ओसार्दा लाग्ने गरेको छ ।

‘पाइपलाइनको सञ्चालन खर्च खासै नभएको र ढुवानी भाडा पनि नहुने भएकाले लागत सस्तो पर्ने डिपो प्रमुख प्रदिप यादवले बताए । पाइपलाइनबाट डिजेल आउन थालेपछि नेपालमा डिजेलको मुल्य घट्ने निश्चित भइसकेको छ । तर, कति घट्ने भन्ने निश्चित भइसकेको छैन ।

मोदीको यस्तो आयो ट्वीट
भिडियो कन्फरेन्समार्फत पाइपलाइन उद्घाटन गर्ने भन्दै सोमवार साँझ मोदीले ट्वीट गरेका छन् ।

‘भोलि मैले र नेपालका प्रधानमन्त्रीले संयुक्त रूपमा दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्दैछौं,’ भारतीय प्रधानमन्त्री कार्यालयको औपचारिक ट्वीटर ह्यान्डलमा लेखिएको छ, ‘मोतिहारी–अमलेखगंजको पेट्रोलियम पदार्थ ओसारपसार गर्ने पाइपलाइनको उद्घाटन भिडियो कन्फरेन्समार्फत हुनेछ ।’

ट्वीट गर्दै भनेका छन्, ‘यसले यस क्षेत्रमा उर्जा सुरक्षालाई बढावा दिनेछ र पारवहनमा लाग्ने खर्च कम गर्नेछ ।’

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...