विश्वकर्मा समाजको जिम्मा पुनः गोपालप्रसादकै हातमा

विश्वकर्मा समाजको जिम्मा पुनः गोपालप्रसादकै हातमा

काठमाडौं । विश्वकर्माहरुको साझा संस्था एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाजको १६ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेसन सम्पन्न भएको छ ।

शनिबार काठमाडौंको मैतिदेवीस्थित वैभव पार्टी प्यालेसमा सम्पन्न भएको सो अधिवेसनले गोपालप्रसाद विश्वकर्मालाई ३ वर्षका लागि पुनः अध्यक्ष चयन गरेको छ ।

सो अधिवेसनले युवलाल विश्वकर्मा, रामप्रसाद लकान्द्री, केदानरनाथ सुनार, भद्रशिला गहतराज, संगम गहतराज र दिलिप विश्वकर्मालाई उपाध्यक्ष चयन गरेको छ । समाजको महासचिवमा एकराज लकान्द्री चयन भएका छन् भने हरिप्रसाद रसाइली सचिव र श्यामकुमार विश्वकर्मा कोषाध्यक्ष चयन भएका छन् ।

समाजको सदस्यमा शम्भु सुनार, कल्पना रामदाम, दिलिप घतानी, दिपक विश्वकर्मा, खड्गबहादुर विश्वकर्मा, अञ्जना गहतराज (बराइली), मानबहादुर कालीकोटे, कुमार विश्वकर्मा, सरोजदिलु विश्वकर्मा र हरिप्रसाद सिन्चुरी (विक) चयन भएका छन् ।

यसअघि खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले समाजको १६ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेसनको उदघाटन गरेका थिए । उदघाटन कार्यक्रममा एसइइमा उत्कृष्ट अंक ल्याउने सुरज विश्वकर्मा र गायक कुलेन्द्र विश्वकर्मालाई सम्मान गरिएको थियो । साथै समाजलाई अघि बढाउन योगदान दिने विभिन्न व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...