राणा–लोहनी भन्छन्, संवैधानिक राजसंस्था हाम्रो बटम लाइन

Rpp sanyukta

काठमाडौं । नेपालमा गणतन्त्र आएर संघीयतासमेत कार्यान्वयन भइसकेको अवस्थामा पनि नेपालमा हिन्दु राज्य र राजसंस्थाको वकालत हुँदै आएको छ । राजसंस्थाको वकालत गर्ने पार्टीमा पर्छ राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) पनि ।

गत माघमा राप्रपा प्रजातान्त्रिक र एराप्रपा राष्ट्रवादीबीच एकता भएपछि बनेको राप्रपा संयुक्तभित्र केही पदाधिकारीहरुले गणतन्त्रलाई स्वीकार गरिएको बताउँदै आइरहेका बेला बसेको पहिलो केन्द्रिय समितिको बैठकले ‘संवैधानिक राजसंस्थालाई बटम लाइन’ बनाएको छ ।

बिहीबारदेखि सुरु भएको केन्द्रिय समिति बैठकमा दुई अध्यक्षले पेश गरेको राजनीतिक प्रस्तावमा पनि पार्टीले राजसंस्था सहितको प्रजातन्त्रको पक्षमा पैरवी गर्ने उल्लेख गरिएको छ ।

सो प्रतिवेदनमा भनिएको छ, ‘हाम्रो संविधानले व्यवस्था गरेको राष्ट्रपति पदको दुई कार्यकाल हेर्दा त्यो पदमा मुलुकको निष्पक्ष अभिभवकको गरिमायुक्त भुमिकाभन्दा पार्टी निर्देशन पालना गर्ने संस्थाको रुपमा देखिएकोले सबै पक्षलाई चित्त बुझ्ने सहमति र साझा संस्थाको रुपमा राजसंस्था सहितको प्रजातन्त्रको पक्षमा बहस पैरवी गर्ने छौं ।’

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा राप्रपा संयुक्तका अध्यक्षद्धय पशुपति समशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले आफ्नो पार्टीले राजसंस्था सहितको प्रजातन्त्रको परिकल्पना गरेको बताए ।

अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आफुले देशलाई आलंकारिक राजसंस्थाको देखेकाले यसको पक्षमा वकालत गर्दै आएको बताए । ‘अहिले पनि यो संस्थाको खाँचो छ’ उनले भने, ‘नेता नै पिच्छे शाषन चलाउनेभन्दा एउटा संस्थाले देश चलाउन सक्छ । त्यही भएर पार्टी आलंकारिक राजसंस्थाको पक्षमा छ ।’

डा. लोहनीले सरकार अधिनायवादतर्फ गएको भन्दै गाउँ गाउँमा सिंहदरबार नभएर भ्रष्टाचारको उत्पादनकर्ता भएको बताए । उनलेसरकार आफैँ संघीयताको सिद्धान्त बिर्सँदै गएको र आफैँ व्यापारी भएको भन्दै जुन कुरा उसले गरेका व्यवहारहरुबाट देख्न सकिने बताए ।

डा. लोहनीले सरकार अधिनायवादतर्फ गएको भन्दै गाउँ गाउँमा सिंहदरबार नभएर भ्रष्टाचारको उत्पादनकर्ता भएको आरोप लगाए । उनले सरकार आफैँले संघीयताको सिद्धान्त बिर्सँदै गएको र आफैँ व्यापारी भएको भन्दै जुन कुरा उसले गरेका व्यवहारहरुबाट देख्न सकिने बताए ।

सो पत्रकार सम्मेलनमा अर्का अध्यक्ष पशुपति समशेर राणाले हिन्दु र ओमकार परिवारमाथि ठूलो धोका भएको आरोप लगाए । उनले नेपाल जस्तो देशमा धर्म निरपेक्षता लादेर हिन्दु र ओमकार परिवारमाथि धोका भएको दावी गरे ।

‘हामीले कुनै कट्टरवादी हिन्दु राष्ट्रको परिकल्पना गरेका छैनौँ’ उनले भने, ‘सबै धर्मले समान अवसर पाउने गरी समावेशी हिन्दु राष्ट्रको परिकल्पना गरेका छौं । हामी त्यसका लागि जुनसुकै तवरले पनि आवाज उठाइरहन्छौं ।’

राणाले सबैलाई स्वीकार्य हुने राजसंस्था सहितको प्रजातन्त्र र सनातन हिन्दू राष्ट्रको विषयमा आफ्नो पार्टीको फरक मत रहेको बताए । पछिल्ला दिनमा राजसंस्था र हिन्दु राष्ट्रको पक्षधरहरुविरुद्ध सरकार खनिएको आरोप लगाउँदै उनले भने, ‘सरकार आफ्नो अकर्मण्यताका कारण तिलमिलाएको छ। उसले जनाधार र विश्वास गुमाइसकेपछि हाम्रो राजनीतिक एजेण्डाप्रति प्रहार सुरु गरेको छ ।’

कार्यपत्रमा पार्टीको सैद्धान्तिक र नीतिगत धरातलः राष्ट्रियता, प्रजातन्त्र र उदारवाद, उदारवादको आर्थिक पक्ष, वर्तमान राजनैकि परिवेशः एक दलीय शासनको प्रयास, सन्तुलन र नियन्त्रणः संवैधानिक संरचनामाथि प्रहार, संस्थागत भ्रष्टाचार, अर्थतन्त्रको गति, सुशासनको अपेक्षा, परराष्ट्र नीतिमा अन्योल र आशंका र कार्यदिशा प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मामा नभएको मौकामा भान्जा राती माइजुसँग यस्तो हालतमा भेटिएपछि...

Indian couple ofb1cm7ez09hhiux74boq51h22e7lnqqgvve4kf00i

काठमाडौं । पछिल्ला दिनहरुमा राजनीतिमा लागेका व्यक्तिहरुको यौन लिला एकपछि अर्को गर्दै बजारमा आइरहे...