विश्वमा एकैदिन थपिए २ लाख २२ हजार कोरोना संक्रमित, ५ हजार बढीको मृत्यु

Coronavirus worldchina amer

काठमाडौं । विश्वमा पछिल्लो चौबिस घण्टा (बिहीबार)मा दुई लाख २२ हजार ७५९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोनाबाट विश्वमा पाँच हजार ३८८ जनाको मृत्यु भएको छ । वल्डोमिटर्सको तथ्याङ्कअनसार बिहीबार अमेरिकामा सबैभन्दा बढी ६१ हजार ६२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने ९४६ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा पछिल्लो चौबिस घण्टामा थप ४२ हजार ९०७ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ । ब्राजिलमा सोही समया कोरोनाका कारण एक हजार १९९ जनाको मृत्यु भएको तथ्यांक छ । भारतमा बिहीबार २५ हजार ८०३ कोरोनाका नयाँ संक्रमित थपिएका छन्। सोही दिन भारतमा ४७९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

रूसमा बिहीबार ६ हजार ५०९ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने १७६ जनाको मृत्यु भएको छ । यस्तै, बिहीबार दक्षिण अफ्रिकामा १३ हजार ६७४, मेक्सिकोमा ६ हजार ९९५, पेरूमा तीन हजार ५३७, पाकिस्तानमा तीन हजार ३५९, चिलीमा तीन हजार १३३, इरानमा दुई हजार ७९ जना कोरोनाका नयाँ संक्रमित थपिएका थिए ।

प्रतिकृया दिनुहोस