जिम्बावेमा पूर्वराष्ट्रपति रोबर्ट मुगावेको सिंगापुरमा निधन

जिम्बावेमा पूर्वराष्ट्रपति रोबर्ट मुगावेको सिंगापुरमा निधन

काठमाडौँ । जिम्बावेमा झन्डै चार दशक शासन गरेका पूर्वराष्ट्रपति रोबर्ट मुगावेको निधन भएको छ । सिंगापुरमा उपचार गराइरहेका मुगावेको शुक्रबार बिहान निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

९५ वर्षीय मुगाव लामो समयदेखि सिंगापुरमा उपचार गराइरहेका थिए । उनलाई के रोग लागेको थियो भन्ने सार्वजनिक गरिएको थिएन । उपचारको क्रममा उनको निधन भएको परिवारले पुष्टि गरेको छ । मुगावे सन् १९८७ देखि २०१७ सम्म जिम्बावेका राष्ट्रपति बनेका थिए । त्यसअघि सन् १९८० देखि १९८७सम्म उनी प्रधानमन्त्री थिए ।

सन् २०१७मा भएको सैन्य कूपछि मुगावे सत्ताबाट बाहिरिएका थिए । पत्नी ग्रेस मुगावेलाई उत्तराधिकारी बनाउन खोजेपछि उनको व्यापक आलोचना भएको थियो । पत्नीलाई उत्तराधिकारीका रूपमा अघि बढाउने मनसुबा देखाएपछि उनको दल जानु–पिएफले मुगावेलाई पार्टी नेतृत्वबाट अपदस्थ गरेको थियो ।

सन् १९८० मा जिम्बावे स्वतन्त्र भएदेखि नै शासन गर्दै आएका मुगावे अधोगतिको सुरूआत २०१७ नोभेम्बर ६ मा भएको थियो,त्यतिबेला उनले उपराष्ट्रपति इमरसन मांगाग्वालाई पदच्यूत गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...