‘प्रहरी समायोजन’को काम छिट्टो टुंगोमा पुर्‍याउन नयाँ आइजीपीलाई निर्देशन

New igp 26

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई ‘प्रहरी समायोजन’को काम छिट्टो टुंगोमा पुर्‍याउन निर्देशन दिएका छन् ।

पदबहालीपछि गृहमन्त्री थापालाई भेटन गृह मन्त्रालय पुगेका आईजीपी क्षेत्रीलाई गृहमन्त्री थापाले संगठनको हित हुने गरी लामो समयदेखि रोकिएको समायोजन कार्य चाँडै पूरा गर्न दिर्नेशन दिएका हुन् । उनले शान्ति सुरक्षामा विशेष ध्यान दिन आईजीपी क्षेत्रीलाई निर्देशन दिए ।

गृहमन्त्रीले भने, ‘तपाईको कार्यकाल शान्ति, सुरक्षा, अमनचयन कायम गर्न उत्कृष्ट हुने विश्वास लिएको छु । राज्यले विकासलाई प्राथमिकतामा राखेको छ । त्यसका लागि शान्ति सुरक्षा अनिवार्य हो । त्यसमा ध्यान दिनुहोस् ।’

गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले क्षेत्रीलाई नेपाल प्रहरीको २८ औं महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो । निवर्तमान महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली ३० वर्षे सेवाहदका कारण बुधबारदेखि अवकास लिएका छन् ।

२०२५ मंसिर २३ गते भक्तपुरको सूर्यविनायक नगरपालिका–५ मा जन्मिएका थापा २०४९ बैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । क्षेत्रीले २०७९ बैशाख १८ गतेसम्म नेपाल प्रहरीको नेतृत्व गर्नेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...