अमेरिकामा दुईवटा टाउका भएको अनौठो सर्प फेला 

अमेरिकामा दुईवटा टाउका भएको अनौठो सर्प फेला 

वाशिङटन । अमेरिकाको न्यूजर्सीस्थित जंगलमा दुईवटा टाउको भएको अनौठो सर्प फेला परेको छ । वातावरणवादी समूह अध्ययन भ्रमणका लागि सो स्थानमा जाँदा त्यस्तो सर्प भेटिएको हो ।  त्यसको नाम डबल डेभ राखिएको छ । सो सर्पका पूर्ण विकसित दुईवटा टाउका, चारवटा आँखा र दुईवटा जिब्रो पाइएका छन् । 

ती सबैले स्वतन्त्रतापूर्वक काम गरिरहेको देखिएको छ । वातावरणविद् डेभीड स्केनदरले सो सर्पलाई बाँच्न निकै कठीन जस्तो देखिएको जनाए । उनी र उनका साथीले सर्पको नाम डबल डेभ राखेका हुन् । सर्प भेट्ने दुवैको नाम डेभीड भएकोले सर्पको नाम पनि उनीहरुले त्यसैसँग जोडेर डेभीडको स्थानमा डेभ गरेर डबल डेभ राखेका हुन् । उनीहरुले सो सर्पलाई गएको अगस्ट २५ का दिन फेला पारेका थिए । 

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...