अनौँठो नाइट क्लब, जहाँ संस्कृत गीतमा झुम्छन्

Night club

एजेन्सी : धेरैले थाहा पाएकै कुरा हो, नाइट क्लबमा प्रायः मोर्डन गीत बज्छन् । जस्तो नेपालका नाइट क्लबमा नेपाली, हिन्दी र अंग्रेजी गीतमा झुम्नेहरू भेटिन्छन् ।

तर नेपालभन्दा धेरै टाढा यस्तो देश छ, जहाँ अनौँठो नाइट क्लब छ । यो नाइट क्लबमा संस्कृत गीतमा झुमिरहेका हुन्छन् ।

यो देशको नाम हो, अर्जेन्टिना । जहाँको राजधानी ब्यूनसआयर्समा ग्रोव नामक एक नाइट क्लब छ । यहाँ गणेश शरणम, गोविन्दा-गोविन्दा, जयजय राधा रमन, हरी बोल र जय कृष्ण हरे’ जस्ता गीत बज्छन् ।

ब्यूनसआयर्सको यो नाइट क्लब कुनै सानो नाइट क्लब होइन, बरु यहाँ एक साथ करीब ८०० मान्छे गीतमा झुमिरहेका हुन्छन् ।

एक भारतीय विश्वनाथन सन् २०१२ मा अर्जेन्टिना गएका थिए र उनने यो कुरा बताएका हुन् । उनका अनुसार यो नाइट क्लबमा न त मदिरा पाइन्छ न धूम्रपान गरिरहेका देखिन्छन् ।

यहाँसम्मकी यो नाइट क्लबमा माछामासु पनि पाइदैन । मात्र सफ्ट ड्रिङ्क्स, फलफूलको जुस र शाकाहारी खाना पाइन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...