नवनियुक्त आईजीपी थापालाई दज्र्यानी चिह्न प्रदान

Capture88098

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरिक्षक शैलेश थापाले दज्र्यानी चिह्न लगाएका छन् । बिहीबार गृहमन्त्रालयमा आयोजित एक  कार्यक्रममार्फत गृहसचिव महेश्वर न्यौपानेले उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

थापालाई मंगलबार नेपाल प्रहरीको २८औँ प्रहरी महानिरिक्षकमा नियुक्ति भएका थिए । आइजिपी ठाकुरप्रसाद ज्ञवालीको ३० वर्षे सेवाहदका कारण बुधबारदेखि अनिवार्य अवकाश पाएपछि थापालाई वरिष्ठताका आधारमा प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो।

थापा प्रहरी प्रशासनको नीति निर्माण तहमा अब्बल मानिन्छन्। थापासँग विभिन्न जिल्लाको प्रहरी प्रमुख भई काम गरेको अनुभव छ भने महानगरीय प्रहरी कार्यालय रानिपोखरी तथा केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी पनि सम्हालेका थिए।

२०४९ साल वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थापा अव भने २०७९ वैशाख १८ गतेसम्म प्रहरीको नेतृत्व सम्हाल्नु हुनेछ। थापाले बिहीबारदेखि नै प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेका छन्। उनले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र प्रहरी महानिरीक्षकको सचिवालयमा बसेर समेत काम गरेका छन्।
 
 
 

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...