प्रधानमन्त्रीको चरित्रहत्या गर्ने भारतीय मिडियाबारे प्रेस काउन्सिलको आपती

Kp sharma oli  press council on indian media

काठमाडौं । भारतीय टेलिभिजन ‘जी न्युज’ले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा भ्रामक र तथ्यहिन विषय प्रचार गरेपछि प्रेस काउन्सिल नेपालले आपती जनाएकाे छ ।

काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठका अनुसार काउन्सिलले भारतीय प्रेस काउन्सिल समक्ष ध्यानाकर्षण गराएको छ ।

‘भारतीय टिभी च्यानलहरुबाट नेपाल र नेपालीविरुद्ध अपुष्ट,आपत्तिजनक,भ्रामक र अराजक सामग्री प्रशारणमा बढोत्तरी भएकोप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ,एकपक्षीय र अप्रमाणित सामग्री सम्प्रेषण संसारका कुनै पनि कुनामा पत्रकारिताको न्यूनतम धर्मभित्र पर्दैन,’ काउन्सिलका कार्याबाहक अध्यक्ष किशोर श्रेष्ठले भनेका छन्,‘यसबारे हामीले समकक्षी भारतीय प्रेस काउन्सिलसमक्ष गम्भीर सरोकार राखेका छौं तर विद्युतीय मिडिया उसको क्षेत्राधिकारभित्र नपर्ने र अखबारमा मात्र केन्द्रित रहनपर्ने कानूनी ब्यवस्थाको कारण समस्या रहेछ ।’

अध्यक्ष श्रेष्ठका अनुसार युट्युबलगायत नेपालमा डोमेन नरहेका यस्ता च्यानलहरुबाट हुने आपत्तिजनक सामग्री प्रशारणको नियमनका निम्ति काउन्सिलले दुई महिनाअघि नै नेपाल सरकारलाई बैधानिक ब्यवस्था मिलाउन पत्राचार गरेको हो तर सरकारले भने फाइल नै थन्काएर राखेको छ ।

प्रतिकृया दिनुहोस