नेविसङ्घद्धारा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्नुपर्ने माग

Nsu

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्नुपर्ने माग गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घको टोलीले आज नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई ज्ञापनपत्र बुझाउँदै पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पालना गरी तत्काल मूल्य घटाउन माग गरेको हो ।

नेविसङ्घले लकडाउनको समयमा मात्र करिब रु तीन अर्ब नाफा कमाएको निगमले अन्तर्राष्ट्रिय बजारमा थोरै मूल्य बढ्ने बित्तिकै ५ रुपैयाँ बढाउनु उचित नहुने भन्दै निगमले असार १६ गते पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि खारेज गर्नसमेत भनेको छ ।

नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि हुँदा ढुवानी भाडा बढ्ने र त्यसको असर उपभोग्य वस्तुको मूल्यमा पर्ने बताउँदै मूल्य कम गर्न आग्रह गरे ।

निगमका कार्यकारी निर्देशक पौडेलले नेविसङ्घले उठाएका जायज मागलाई आफूले सम्बोधन गर्न सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...