पंजावको एक पटका कारखानामा विस्फोट, १८ को मृत्यु, ५० बेपत्ता

पंजावको एक पटका कारखानामा विस्फोट, १८ को मृत्यु, ५० बेपत्ता

नयाँ दिल्ली । भारतको पंजाव राज्यमा रहेको एउटा गैरकानुनी पटका कारखानामा विस्फोट हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । ५० जना मानिसहरु अझै हराइरहेकाले मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ । विस्फोटनका बेला कारखानामै रहेका ५० जना मानिसहरु पुरिएको हुन सक्ने अनुमान गरिएको छ ।

देशको उत्तरी राज्य पंजावको गुर्दासपुरअन्तर्गत पर्ने बाटला क्षेत्रमा रहेको एउटा पटाका कारखानामा आगलागी भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका हुन् । दुर्घटनामा घाइते भएका १४ जनामध्ये ४ जनालाई अमृतसार सरकारी अस्पताल रिफर गरिएको त्यहाँका एक सरकारी अधिकारीले जानकारी दिए ।

सो विस्फोट बेलुका ४ वजेतिर भएको इन्स्पेक्टर जेनेरल एसपीएस पार्मरले बताए। विस्फोटका कारण कारखाना वरपरका केही घर तथा पार्किङ गरी राखिएका कारहरुमा समेत क्षति पुगेको उनले बताए ।


प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...