गणतन्त्रवादी भनिने सिपी मैनालीले पूर्वराजासँग काँध मिलाउनु खोज्नुको यस्तो छ मुख्य रहस्य

Nepali king

काठमाडौं । ज्ञानेन्द्र शाह नेपालको इतिहासमा दुईपटक राजा हुने पहिला व्यक्ति र नेपालका अन्तिम शाहवंशीय राजा पनि हुन् । २००७ मा उनका हजुरबुवा त्रिभुवन र बुवा महेन्द्रले देश छाडेर भारतमा शरण लिन गएपछि राणा शासकहरूले उनलाई राजा बनाएका थिए । उनै शाह आज ७४ औं वर्षमा प्रवेश गरेका छन् ।

उनको जन्म दिनमा राजावादीदेखि गणतन्त्रबादीसम्मले शुभकामना दिएका छन् । यतिसम्मकी आफुलाई खुवै क्रानितकारी बताउने नेकपा मालेका महासचिव सिपी मैनालीसमेतले पूर्वराजाको जन्म दिनको शुभकामना पठाएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले आज आफ्नो जन्मदिन औपचारिक रुपमा मनाएका छैनन् । अरु बेला उनको जन्म दिन मनाउन आम मानिसको लाम लाग्थ्यो । राजावादीहरु लाम लागेर शुभकामना दिन जान्थे । तर अहिले कोभिड –१९ का कारण पूर्वराजाले जन्मदिनको अवसरमा कुनै औपचारिक कार्यक्रम गरेनन् । तर, शुभकामना भने आदान प्रदान भने भइरहेको छ ।

२०१७ सालमा राजा महेन्द्रको ‘कु’ लाई समर्थन गर्ने कम्युनिस्ट महासचिव केशरजंग रायमाझीका कारण समग्र कम्युनिस्ट आन्दोलन नै बदनाम भएको थियो । राजा महेन्द्रको सबैभन्दा ठूला समर्थकमध्ये एक हुन् नेकपा (माले) का महासचिव सीपी मैनाली । हाल उनी राजा महेन्द्रकै सन्तान ज्ञानेन्द्रसँग नजिकिन खोज्दैछन् । उनी राजासंसँग नजिकिन खोज्नुको कारण भने निक्कै रोचक छ ।

उनी राजासँग नजिकिएर सम्भावित भ्रष्ट्राचारको कारबाहीबाट आफ्नो पार्टीका नेतालाई बचाउन चाहन्छन् । उनी केपी ओलीको सरकारमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री भएर जानुको कारण त्यसअघि त्यहि मन्त्रालयमा आफ्नी श्रीमतीले मन्त्री भएर गरेको भ्रष्ट्राचारको फाईल मिलाउनु थियो ।

मालेमा सिपि पछिका प्रभावशाली नेता डम्बर श्रेष्ठ ललिता निवास जग्गा प्रकरणका आरोपित व्यक्ति हुन् । उनको मुद्धा हाल चलिरहेको छ । श्रेष्ठ माधवकुमार नेपालको पालामा भूमिसुधार मन्त्री थिए । भलै उनी उक्त प्रक्रिया सामेल नभएको भन्दै प्रमाणहरु पेश गर्दै आएका छन् । डम्बरपछिका बरियताका नेता हुन् कुमार बेलबासे पनि भ्रष्ट्राचार प्रकरणमा मुछिएका व्यक्ति हुन् ।

उनी बाबुराम भट्टराई सरकारको पालामा श्रम मन्त्रीबाट बर्खास्तीमा परेका व्यक्ति हुन् । हाल नाम परिवर्तन गरेर कृष्ण राना राखेका मालेका स्थायी समिति सदस्य हत्या आरोपित हुन्, पाल्पाका एक नेपाल थरका व्यक्तिको हत्या आरोपित उनलाई सर्वोच्चले फैसला गरेर पक्रन आदेश दिए पनि उनी सिपी मैनालीको दबाबमा प्रहरीको नजरबाट बच्दै आएका छन् ।

पार्टीका मुख्य नेतृत्व तह भ्रष्ट्राचार र हत्या काण्डमा मुछिएपछि सिपीलाई नेकपा माले निल्नु न ओकल्नु भएको छ । त्यसैले उनी पूर्वराजासँग नजिक हुने बहानामा आफ्ना बिश्वासपात्र स्थायी समिति सदस्य दिनानाथ घिमिरेमार्फत राजालाई शुभकामना सन्देश पठाएका छन् । ‘नेपाल र नेपालीको हितमा खुल्नु बाह्य हस्तक्षेपमा चोट, जीवनयात्रा सार्थक रहोस्, नेपाल जोगाउने दृढ अठोट । जनताको हारमा बसी देश बिकासमा लगाउनु केहि धन, लोकतान्त्रिक आचारसंहिता पालन गर्न लागोस दृढ मन ।’

यस्तो छ जानेन्द्र शाहको वृत्तान्त
राजा वीरेन्द्रको वंश विनाशपछि उनी पुनः नेपालका राजा भएका हुन् । दरवार हत्याकाण्डमा राजा ज्ञानेन्द्रको परिवारका भने कसैलाई पनि केही नभएको, लगायतका कारणहरूले गर्दा दरवार हत्याकाण्डमा पनि उनैको हात रहेको केही मानिसहरूले आशंका व्यक्त गरेका छन् तर पनि स्वतन्त्र र वैज्ञानिक तथ्यबाट यसको पुष्टि हुन अझै सकेको छैन ।

राजा महेन्द्रका कान्छा छोरा ज्ञानेन्द्र राज परिवारको परम्परा अनुसार राजा हुने रोलक्रममा थिएनन्। वि।सं। २०५८ जेठ १९ गते नारायणहिटी दरवारभित्र भएको नरसंहारमा राजा वीरेन्द्रलगायत तत्कालीन राज परिवारका अधिकांश सदस्यको हत्या भएपछि राजा वीरेन्द्रका भाइ ज्ञानेन्द्र राजा भएका थिए ।

२००७ को राजनीतिक घटनाको समयमा उनका पिता र हजुरबुवा र अन्य राजपरिवार सदस्यहरू भारतमा शरण लिएको बेलामा बालक राजकुमार ज्ञानेन्द्र मात्र नेपालमा रहेका राजपरिवार सदस्य थिए । उनलाई प्रधानमन्त्री मोहन शमशेरले वि।सं। २००७ कार्तिकमा राजा घोषणा गरे ।

उनको राज्याभिषेक मात्र भएन, उनको नाममा मुद्राहरु समेत निष्काशन गरिए । राणा प्रधानमन्त्रीले राजाको लागि बार्षिक ३,००,००० रुपैयाँ बजेट समेत छुट्याएका थिए। वि।सं। २००७ को दिल्ली सम्झौतापछि नेपालमा राणा शासन अन्त्य भयो, राजा त्रिभुवन नेपाल फर्के र राजगद्दी पुनः सम्हाले ।

उनले देशमा भइरहेको माओबादी जनयुद्धलाई अन्त गर्न राजा भए लगत्तै २०६१ माघ १७ गते प्रत्यक्ष शासन गर्ने उद्देश्यले कदम चाले । तर अन्य राजनीतिक दलले आफ्नै नेतृत्वमा सरकार निर्माण र सञ्चालनको अभ्यास गर्न प्रजातान्त्रिक शासन व्यवस्था माथि हमला गरेको आरोप लगाउँदै आन्दोलनमा उत्रे ।

प्रजातान्त्रिक शासन व्यवस्थाको माग गर्दै एक भएका राजनीतिक दलले २०६२÷०६३ मा लोकतान्त्रिक आन्दोलनमार्फत प्रजातान्त्रिक शासन व्यवस्था पुनर्स्थापना गर्दै राजतन्त्रको अन्त्य गरी गणतन्त्रको घोषणा गरेपछि उनी नेपालको अन्तिम राजा बन्न पुगेका हुन् । गणतन्त्रको घोषणापछि उनी बालाजुमाथि नागार्जुन जंगलभित्र रहेको दरवारमा बस्दै आएका छन् भने उनका पुस्ताले निवासका रूपमा प्रयोग गरेको नारायणहिटीलाई नेपाल सरकारले संग्रहालय घोषणा गरेको छ ।

उनी राजा भएको बेला नेपालमा ने।क।पा। माओवादीले साम्यवाद स्थापना गर्ने उद्देश्यले जनयुद्धको नाममा गुरिल्ला युद्ध चलाइरहेको थियो । त्यसबेला जनताको जनादेश पाएको भनी दावी गर्ने सबै सरकारले त्यसको उचित समाधान पत्ता लगाउन सकिरहेका थिएनन् ।

राजनीतिक दलहरू आफ्नो भूमिका निभाउन असफल हुँदै गएका थिए । संसदीय प्रजातन्त्रमा आस्था राख्ने दलहरूमा पदको लुछाचुडी चलिरहेको थियो । प्रधानमन्त्रीको पद जोगाउने नियतले ताजा जनादेश लिन्छु भन्दै त्यसबेलाका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाको विघटन गरे । तर उनले समयमा नै उक्त प्रतिनिधि सभाको निर्वाचन गर्न सकेनन् ।

यसले संवैधानिक जटिलता छायो । नेपाली काङ्ग्रेस र नेकपा (एमाले) जस्ता ठूला दलहरूले पनि उचित समाधान दिन सकेका थिएनन् । त्यसबेला ने।क।पा माओवादी लाई दबाएर नियन्त्रणमा राख्ने सुझबुझका साथ उनीहरू प्रत्यक्ष शासन गर्न अग्रसर भए । यस क्रममा उनले स्थापित जननिर्वाचित सरकार भङ्ग गरी सम्पूर्ण राजनीतिक अधिकार आफूले ग्रहण गरे र मनोनित सरकारको गठन गरेर आफ्नो सक्रिय भूमिकाको खोजी गर्न थाले ।

राजाको यस कदमलाई संसदवादी दलहरूले स्वीकार गरेनन् । उनीहरुले राजाले आफ्नो भूमिका खोसेको अर्थमा लिए । फलतः संवैधानिक राजतन्त्र पक्षधर भई हिँडेका पार्टीहरू समेत राजा ज्ञानेन्द्रको त्यस्तो कदमपछि राजतन्त्रको समाप्तिकै पक्षमा पुगे ।

सक्रिय राजतन्त्र भएको पञ्चायती व्यवस्थामा हुर्किएका राजनीतिज्ञहरू समेत उनको बिरोधमा उभिए । यसैबीच आन्दोलनरत ७ दलीय गठबन्धन र ने।क।पा माओवादीबीच दिल्लीमा वार्ता भयो र १२ बुँदे सहमति पनि भयो ।

त्यो सहमति पश्चात् माओवादी हिंसात्मक आन्दोलन छोडेर शान्तिपूर्ण आन्दोलनमा उत्रियो । आन्दोलनले देशव्यापी रूपमा व्यापकता लियो र सारा मानिस सडकमा उत्रिए । त्यसपछि राजाले प्रत्यक्ष शासन शुरु गरेको करीब १५ महिनापछि संयुक्त जनआन्दोलन भयो र त्यसले राजालाई आफ्नो कदम फिर्ता गर्न बाध्य गर्‍यो ।

आन्दोलनको दबाबमा राजाले ‘जनताको नासो जनतालाई नै सुम्पेको’ भनी २०६३ बैशाख ८ गते घोषणा गरे । तर त्यसले पनि आन्दोलन साम्य हुन सकेन । त्यसपछि २०६३ बैशाख ११ गते उनले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको घोषणा गरे । पुनर्स्थापित प्रतिनिधिसभाले मा‌‌ओवादीलाई समेत मूलधारको राजनीतिमा ल्याउने उद्देश्यले अन्तरिम संविधान घोषणा गर्‍यो जस अनुसार माओवादी समेत सम्मिलित अन्तरिम संसद गठन भयो ।

अन्तरिम संसदले संविधानसभा बन्नुअघि नै देशमा गणतन्त्र आइसकेको र संविधानसभाको पहिलो बैठकबाट अनुमोदन गराउने घोषणा गरेको थियो । सोही आदेशलाई पछ्याउँदै संविधान सभाको पहिलो बैठकले २०६५ साल जेष्ठ १५ गतेको दिन नेपाललाई गणतन्त्र भएको घोषणा अनुमोदन गर्‍यो । यसपछि यिनी औपचारिक रूपमा राजाबाट हटेका हुन् । गणतन्त्रलाई स्वीकार गर्ने यिनी पहिलो नागरिक बने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...