गर्भवती नहुँदा पनि स्तनबाट किन चुहिन्छ दुध ? यस्तो छ कारण

Mlk

काठमाडौं । स्तनपान गर्ने बच्चा नहुँदा वा अविवाहित महिलाको स्तनबाट दुध चुहिने समस्या भइरहेको हुन सक्छ । के कारणले दुध चुस्ने बच्चा नभएको समयमा पनि स्तनबाट दुध बगिरहन्छ ? यसबारे जानकारी हुनु आवश्यक छ ।

महिलाहरुमा कहिले काँही गर्भवती नभएको समयमा पनि स्तनबाट दूध आउने समस्या देखिन्छ । स्तनमा १५ देखि २० वटा दूध निस्कने छिद्रहरु हुन्छन् । कहिलेकाँही तनाव, हर्मोनमा आउने परिवर्तन साथै अन्य विविध कारणले स्तनको निप्पलबाट पानी वा दूध जस्तो तरल पदार्थ निस्कने गर्छ । तर, गर्भवती नभएको समयमा पनि किन यस्तो हुन्छ ?

यस्तो समस्या विश्वका १ प्रतिशत मानिसमा देखिन्छ । दुध चुहिने समस्या महिला–पुरुष दुवैमा देखिन्छ । तर बढी महिलामा नै भएको पाइन्छ । समयमा उपचार गरेमा यसको समस्याबाट मुक्ति पाउन सकिन्छ । यो धेरै देखिने रोग भने होइन ।

प्रोल्याक्टिन हार्मोनको मात्रा बढेपछि महिला–पुरुषमा विभिन्न लक्षण देखिन थाल्छन् । यौनसम्पर्क गर्न मन नलाग्ने, अल्छी लाग्ने, महिलामा महिनावारी अनियमित हुने, घाँटी दुख्ने वा संक्रमण हुनेजस्ता लक्षण देखिन सक्छन् ।

कारणहरुः
–एन्ग्जाइटी, डिप्रेशन वा अत्यधिक तनाव

–कपडाको एलर्जी, लामोसमयसम्म एउटै कपडा लगाउनु

–ग्यालेक्टोरिया रोग

–स्तनमा टिश्यु वा फाइब्रोसिस्टिक

–हर्मोनसम्बन्धी औषधिको प्रयोग

–नशाको सेवन

– अन्तस्रावी प्रणालीमा ट्युमर वा इन्फेक्शन हुनु

–मनोपोज वा महिनावारीका कारण हर्मोनमा परिवर्तन हुँनु

निप्पल डिस्चार्जका लक्षणः
–निप्पलबाट दूध जस्तो पर्दार्थ निस्किनु

–स्तनमा अत्यधिक दुखाई हुनु

–गाँठा आउने, स्तन सुनिने र मसिना दानाहरु आउनु

–निप्पलभित्र संकुचन पैदा हुनु

–निप्पलको रङ्ग परिवर्तन हुनु

–स्तन र निप्पल रातो हुनु

–ज्वरो आउनु वा थकान महसुस हुनु

– महिनावारी रोकिनु
–बान्ता हुनु

के गर्ने ?
–बन्दागोभीको दुईवटा पात धोएर चिसो बनाउने र दुवै पातलाई दुवै स्तनमा २ घण्टासम्म राख्ने

–तेजपत्ताको चियाले पनि निप्पल डिस्चार्ज कम हुनसक्छ

– पुदिनाको तेलले मालिश गर्ने

–भिटामिन बी1,बी6, बी12 पाइने खाना खाने

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...