म्याग्दीमा जीप दुर्घटना, चालकसहित चारजना घाइते

म्याग्दीमा जीप दुर्घटना, चालकसहित चारजना घाइते

म्याग्दी । रघुगंगा गाउँपालिका–३, मौवाफाँटमा मंगलबार जीप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन् । रघुगंगा हाइड्रो लिमिटेडद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको मौवाफाँटदेखि पिप्लेतर्फ जाँदै गरेको ग ३ च २२७ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

दुर्घटनामा परेर जीपका चालक मंगला गाउँपालिका–५, अर्मन म्याग्दीका २४ वर्षीय ओमबहादुर पुन, आयोजनाका इन्जिनियर काठमाण्डौ महानगरपालिका–२४ का ३० वर्षीय शैलेस शाक्य, रामेछाप सुनपाती–४ बेथानेका २४ वर्षीय डिसम घिसिङ र रुपन्देही बुटवलका ४७ वर्षीय बुद्धिसागर न्यौपाने घाइते भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए । 

घाइतेहरुको बेनी अस्पताल म्याग्दीमा प्राथमिक उपचारपश्चात् तीनजना चालक पुन, इन्जिनियर शाक्य र न्यौपानेलाई एअर डाइनेष्टिकको हेलिकप्टरमार्फत काठमाण्डौको मेडिसिटी अस्पताल पुर्‍याइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...