यसकारण ढिला हुँदैछ प्रावि तहको नतिजा सार्वजनिकमा, कहिले आउँला त नतिजा ?

यसकारण ढिला हुँदैछ प्रावि तहको नतिजा सार्वजनिकमा, कहिले आउँला त नतिजा ?

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षकको खुल्ला प्रतिस्पर्धाको नतिजा सार्वजनिक गर्न ढिलाई गरेको छ ।

आयोगले एकै पटक विज्ञापन गरेको निम्न माध्यमिक तहका लागि १ हजार ५ सय ७४ र माध्यमिक तहका लागि एक हजार शिक्षक छनोट गरिसके पनि प्रा.वि.तहको नतिजा भने सार्वजनिक गर्न ढिलाई गरेको हो ।

आयोगका प्रशासकिय अधिृकत डा. तुलसीप्रसाद थपलियाले धेरै व्यक्तिको विवरण रुजु गर्नुपर्ने भएका कारण केही समय ढिलो भएको जानकारी दिए । थपलियाले भने, ‘रुजु गर्ने काम करिब करिव सकिएको छ ।

सकेसम्म यसै साताबाट नतिजा सार्वजनिक गर्न सुरु गर्ने योजनामा छौं । आयोगले यो पटक प्राथमिक तहमा ९ हजार ९ सय ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो । ती सबै कोटाका लागि १४ हजार १ सय २५ जना लिखित परीक्षाबाट छनोटमा परेको थपलियाले जानकारी दिए ।

उनका अनुसार आयोगले प्रा.वि.तहको शिक्षकको नतिजा यही हप्तादेखि सार्वजनिक गर्ने सम्भावना छ । माध्यमिक र निम्न माध्यमिक तहको नतिजा सार्वजनिक भएको महिना दिन पुग्न लाग्दा पनि प्राथमिक तहको नतिजा सार्वजनिक नभएको गुनासो प्रतिस्पर्धीहरुले गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...