खेलकुद मन्त्रालयद्धारा शुष्मा बरालीसहित १० जना पत्रकार सम्मानित

Shusma sammanit

काठमाडौं । युवा तथा खेलकूद मन्त्रालयले पत्रकारिताको माध्यमबाट खेलकूद विकासको क्षेत्रमा पुर्‍याएकोमा युवा पत्रकार शेष्मा बरालीसहित १० जनालाई सम्मान गरेको छ ।

मन्त्रालयले सोेमबार राष्ट्रिय दलित पत्रकार संघका कोषाध्यक्ष बरालीसहित ६ जनालाई युवा पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो । त्यसैगरी ४ जना खेलकूद पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । सबै पुरस्कारको राशी ५० हजार रुपैयाँको छ । 

खेलकूद पत्रकारिता पुरस्कारबाट सम्मानित हुनेहरुमा ध्रुव तुलाधर, रोशन राउत, केशव पाठक र प्रियालक्ष्मी कार्की छन् भने युवा पत्रकारिता पुरस्कारबाट खगेन्द्र अधिकारी, गीता चिमोरिया, रत्ना कुमारी चौधरी, शुष्मा बराली, निरज न्यौपाने र गंगा खड्का सम्मानित भएका छन् ।

खेल क्षेत्रको विकास, विस्तारमा पत्रकारिताको माध्यमबाट योगदान पुर्‍याएबापत मन्त्री जगत विश्वकर्माले सम्मान गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...