प्रेमकुमार बिश्वकर्माको अध्यक्षतामा बन्यो हेड्स नेपाल मकाउको नयाँ कार्य समिति

Makau news

मकाउ । हेड्स नेपाल मकाउ शाखाको प्रथम अधिवेशन मकाउमा सम्पन्न भएको छ । सो अधिवेशनले प्रेम कुमार बिश्वकर्माको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

शनिबार सम्पन्न सो अधिवेसनले आगामी दुई वर्षका लागि प्रेमकुमार बिश्वकर्माको अध्यक्षतामा ७ सदस्य कार्य समिति चयन गरेको छ ।जसका उपाध्यक्षमा चुत्रबहादुर पौडेल (ज्याक), महासचिबमा सुरेशसिंह सुनार, सचिवमा मोहनसिंह पन्त र कोषाध्यक्ष बाबुकाजी श्रेष्ठ चयन भएका छन् भने महिला सदस्य सरिता लिम्बु र युवा संयोजक नगेन्द्र बेलबासे चयन भएका छन् ।

सो अधिवेसनले बिशिष्ठ सल्लाहकारमा सुदर्शन थापा मगर, प्रमुख सल्लाहकारमा ज्ञानेन्द्र कुमार श्रेष्ठ र प्रजुनकुमार अधिकारीलाई मनोनित गरेको छ ।

हेड्स नेपाल मकाउँ शाखाको प्रथम अधिबेशनमा गैरआवासीय नेपाली संघ, प्रवासी नेपाली एकता मञ्च,  जनसम्पर्क समिति, गुरुङ तमु समाज, शेर्पा समाज, तामाङ घेदुङ समाज, हेल्पिङ ह्याण्ड, मकाउँ प्रिजेन्ट, अर्न्तराष्ट्रिय महिला संघ, फोटोग्राफी प्रकाश सिङ लगायतका संघ संस्थाका प्रतिनिधि सहभागी बनेका थिए ।

हेड्स नेपाल मकाउँ शाखाका निवर्तमान अध्यक्ष ज्ञानेन्द्रकुमार श्रेष्ठले स्वागत गरेको सो अधिवेसनमा निर्वाचित कार्य समितिलाई आवासीय नेपाली संघ मकाउका मानार्थ सदस्य तथा जनसम्पर्क समिति मकाउका पूर्व सभापति सुदर्शन थापा मगर,  हेडस नेपाल मकाउँ शाखाका संयोजक प्रजुनकुमार अधिकारी, निवर्तमान अध्यक्ष ज्ञानेन्द्रकुमार श्रेष्ठ लगायतका संघ संस्थाका पदाधिकारीहरुले शुभकामना दिएका थिए ।

नवनिर्वाचित अध्यक्ष बिश्वकर्माले मकाउँमा रहेका नेपाली समाजमा परोपकारको भावना राखी सेवा र सहयोग प्रदान गर्ने साथै नेपालमा र मकाउमा अन्य सामाजिक सेवासँग सम्बन्धित संघ संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै आर्थिक नैतिक भौतिक रुपमा सहयोग पुर्‍याउँदै अगाडी बढ्ने प्रतिवद्धता जनाए ।

हेड्स नेपाल मकाउ नामक संस्था ‘दिलो ज्यानले मानव समुदायको सेवा गरौं’ भन्ने मुल नाराका साथै शिक्षा, स्वास्थ्य, कृषी र सामाजिक विकासको लागि गाँस, बास, कपासजस्ता मौलिक र नैसर्गिक अधिकारको लागि प्रत्यक्ष या अप्रत्यक्ष रुपमा पहल गरी सहयोग पुर्‍याउने उदेश्यका साथ स्थापित संस्था हो ।

प्रतिकृया दिनुहोस