परामर्शका लागि शीतल निवासमा पुगे प्रचण्ड, खनाल र नेपाल

Jhalanath prachanda

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्ने की जुट्ने भन्ने विषयले नेपालको राजनीति तातिएको छ । स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिएपछि नेकपाभित्रको राजनीति निक्कै तातिएको छ ।

नेकपाको राजनीतिक तातिएकै बेला राष्ट्रपति विद्यादेवी भण्डारी पनि त्यही तातोमा पिल्सिएको पाइएको छ । प्रधानमन्त्री ओलीले आफुलाई मात्रै होइन, राष्ट्रपतिलाई पनि महाअभियोग लगाउने षडयन्त्र भइरहेको बताएपछि राष्ट्रपति भण्डारी राजनीतिक कोपभाजनमा परेकी छन् । यद्यपि यसलाई यो देशकै दुःखद भनिएको छ ।

सत्तारुढ दलको विवाद उत्कर्षमा पुगेका बेला नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित तीनजना शीर्ष नेताले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । शीतल निवासको भेटवार्तामा प्रचण्डसहित नेकपा वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल सहभागी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउन खोजिएको आरोप लगाएपछि तीन शीर्ष नेताले राष्ट्रपतिसँग भेटेर वास्तविकता प्रष्ट पार्न खोजेका छन् । नेकपा वरिष्ठ नेता खनालले पछिल्लो अवस्थाका विषयमा राष्ट्रपतिलाई जानकारी गराउन भेटवार्ता गरेको बताएका छन् ।

प्रधानमन्त्रीलाई सम्झाउनका लागि पनि तीन नेताले राष्ट्रपतिमार्फत आग्रह गर्ने सम्भावना रहेको माधव नेपाल निकट एक नेताले बताए । केपी ओलीले हठ नछाड्दा पार्टी फुट्ने र यसले राष्ट्रपति तथा प्रधानमन्त्रीलाई समेत अप्ठेरो पर्ने भएकाले राष्ट्रपतिले ओलीमाथि दबाब बढाउन् भन्ने चाहेको उनले बताए ।

भेटवार्तामा पार्टीभित्र देखिएको विवादका विषयमा पनि अनौपचारिक छलफल हुने भएको छ । यसअघि प्रचण्डले भेटेर सरकारले ल्याउने अध्यादेश रोक्न आग्रह गरेका थिए । नेकपामा देखिएको विवादमा हरेक कदममा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग परामर्श गर्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...