भारतबाट आएर क्वारेन्टाइन बसेको २९ वर्षिय युवाको मृत्यु

Corona death1

काठमाडौँ । भारतबाट आएर क्वारेन्टाइन बसेका एक युवाको मृत्यु भएको छ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका २ का २९ वर्षीय सुनिल विकको क्वारेन्टाइनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

केही समय अघि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बसेका उनको आइतबार बिहान मृत्यु भएको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा मिलन मल्लले जानकारी दिए ।

लामो समयदेखि भारतमा बस्दै आएका विक मिर्गौलासम्बन्धी रोगबाट पीडित रहेको मल्लको भनाइ छ । उनको पिसीआर रिपोर्ट अहिलेसम्म आएको छैन । रिपोर्ट आएपछि उनको दाहसंस्कार गरिने डा मल्लले बताए । नेपाली सेनाले उनको शव व्यवस्थापन गर्ने बताइएको छ ।

 

 

 

प्रतिकृया दिनुहोस