अनुराधा पौडवालको गायकीमा लठ्ठ परे योगेश भट्टराई
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा भारतीय गायिका अनुराधा पौडवालको शनिबार काठमाडौंमा भजन सन्ध्या आयोजना गरियो, भारतीय गायिका अनुराधा पौडवाल, कविता पौडवाल विभिन्न नेपाली र हिन्दी भजन गाए ।
उनीहरुको प्रस्तुतीले मख्ख थिए कार्यक्रममा पुगेका संस्कृतिमन्त्री योगश भट्टराई । उनी गायिका पौडवालका भजनमा लठ्ठ देखिए ।
गायिका अनुराधाले गायत्री मन्त्र ‘ओम भुर भुवस्वह’ गाउँदै भजन सन्ध्याको सुरु गरेकी थिइन् । त्यसपछि शिव भजनसहित मन मेरा मन्दिर‘, तुने मुझे बुलाया‘, ओ पालन हारे‘, राधे राधे जपो‘, यशोमती मईया‘सहित आफ्ना चर्चित भजनहरू गाइन् । उनले लगातार डेढ घन्टासम्म कार्यक्रममा भजन सुनाइन् ।
वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, अग्रज लोक गायक दीर्घराज उपाध्याय लगायतले गायिका पौडवाललाई नेपालमा आमन्त्रण गरेर शनिबार उनको एकल भजन सन्ध्या आयोजना गरेका हुन् ।
गायिका पौडवालले पशुपतिनाथको चरणमा आएर पशुपतिलगायत विभिन्न भगवानको भजन गाउँन पाउँदा खुसी लागेको बताइन् । आफूलाई हरेकपटक नेपाल आउँदा आनन्द लाग्ने गरेको बताउँदै बिगतमा आफूले नेपाली चलचित्रमा गाएका थुप्रै गीतको उनले चर्चा गरिन् ।
प्रतिकृया दिनुहोस