रुकुम घटनाबारे सत्यतथ्य बाहिर ल्याउन संसदीय समितिलाई आग्रह

Rukumcase 3052020033917 1000x0 2

काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताहरुले रुकुम चौरजहारी हत्याकाण्डको सन्दर्भमा छानबिन गर्न गठित उच्चस्तरी संसदीय छानबिन विशेष समितिका संयोजक देवेन्द्र पौडेलसँग घटनाबारे सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन् ।

समितिद्वारा सिंहदरबारमा आज आयोजित रुकुम घटनाबारे छलफलमा दलित समुदायका नेताहरुले रुकुम हत्या जातीय आधारमा भएको र दोषीहरुलाई राजनीतिक संरक्षणबिना हदै सम्मको कारवाही गर्न अनुरोध गरेका हुन् । सोही अवसरमा संयोजन पौडेलले सोती घटनामा संलग्नहरुलाई हदैसम्म कारवाही हुने गरी घटनाको सत्यतथ्य बाहिर ल्याउने प्रस्ट पारे ।

संयोजक पौडेलले रुकुम हत्याकाण्डको पक्षबाट सत्यतथ्य बाहिर ल्याउने ढङ्गबाट अध्ययन भएको बताउँदै दोषीहरुलाई कानूनबमोजिम कारवाही हुने बताए ।  सत्यतथ्यका लागि सबै पाटाबाट अध्ययन भएको बताउँदै उनले हदै सम्मको कारवाहीका लागि सिफारिस गर्ने प्रतिबद्धता व्यक्त गरे । हत्याको चौतर्फी विरोध भएपछि सरकारले जेठ २६ गते सत्यतथ्य छानबिनका लागि नौ सदस्य समिति गठन गरेको थियो ।

समितिले रुकुम हत्या प्रकरणको स्थलगत अध्ययन गरी सत्यतथ्य बाहिर ल्याउने गरी काम गरिरहेको छ । सोही अवसरमा संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिका संयोजक जीवन परियारले नरसंहारयुक्त घटनालाई राजनीतिकरण गरेर दोषीहरु उम्काउन खोजिएको आरोप लगाए ।

यही जेठ १० गते रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुश्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयवासीले कुटपिट गरी हत्या गरिएको पीडित परिवारको भनाइ छ । मृतक नवराजसँगै पाँचजना उनका साथीहरुको पनि हत्या गरिएको थियो । सो घटनाको विरोधमा दलित समुदायले विभिन्न जिल्लामा प्रदर्शन गर्दै आएका छन् ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...