साफ यू–१५ जित्ने नेपालको सपना अधुरै, भारतको पोल्टोमा पुग्यो उपाधी

साफ यू–१५ जित्ने नेपालको सपना अधुरै, भारतको पोल्टोमा पुग्यो उपाधी

काठमाडौं । पाँचौँ संस्करणको साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिपको उपाधि हात पार्ने नेपालको सपना फेरि पनि तुहिएको छ । यू–१५ मा नेपालले अहिलेसम्म च्याम्पियन हुनसकेको छैन । पाँचौ संस्करणसम्म तेस्रोपटक फाइनल पुगिसकेको छ । यषे पटक नेपाललाई उपाधि जित्न फेरि पनि भारत नै तगारो बन्यो ।भारतले हात पार्दा नेपालले उपविजेतामै चित्त बुझाउनुपरेको छ । 

भारतको कोलकातास्थित कल्याणी रङ्गशालामा शनिबार भएको फाइनल खेलमा नेपाल भारतसँग ७–० गोलअन्तरले पराजित भयो । यसअघि सन् २०१३ र २०१७ मा फाइनल खेल्दा नेपाल दुवैपटक भारतसँग नै पराजित भएको थियो । त्यतिबेला उक्त च्याम्पियनसिप यू–१६ का नाममा हुने गर्दथ्यो । 

च्याम्पियनसिपको पहिलो खेलमा भारतसँग पराजित भएको नेपालले त्यसपछिका तीन खेलमा लगातार जित निकालेको थियो । नेपालले श्रीलङ्का, बङ्गलादेश र भूटानलाई पराजित गरेको थियो । भारतले भने अपराजित रहँदै उपाधिमाथि कब्जा जमायो । प्रतियोगितामा आयोजक भारतसहित नेपाल, श्रीलङ्का, बङ्गलादेश र भूटानको सहभागिता रहेको थियो ।

नेपालले फाइनल खेलको पहिलो हाफमा तीन गोल खाएको थियो भने खेलको दोस्रो हाफमा चार गोल खायो । भारतको जितमा महेसन सिंहले खेलको १५औँ मिनेटमा गोल गर्दै पहिलो अग्रता दिलाए । त्यस्तै खेलको ४१औँ मिनेटमा मन्दिप माकेसले गोल गर्दै भारतको अग्रता दोब्बर बनाए भने खेलको पहिलो हाफको अत्तिरिक्त समयमा शिवजित सिंहले गोल गर्दै भारतलाई ३–० को अग्रता दिलाए । त्यस्तै खेलको टैसन सिंहले खेलको ५२औँ मिनेटमा गोल गरे भने हिमांशु जनगराले खेलको ६५औँ मिनेटमा गोल गरे । भारतका अर्का खेलाडी सिदार्थ नोङमेइकपामले दुई गोल थपे । उनले खेलको ७६ र ८०औँ मिनेटमा दुई गोल गरे ।

राउण्ड रोबिन लिगको आधारमा भएको उक्त प्रतियोगितामा नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो भने भारत शीर्षस्थानमा रहेर फाइनल पुगेको हो । प्रतियोगिताको पहिलो खेलमा पनि नेपाललाई भारतले ५–० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले भूटानलाई ६–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...