महाराष्ट्रमा सिलिण्डर विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु

महाराष्ट्रमा सिलिण्डर विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु

महाराष्ट्र । भारतको महाराष्ट्र धुले जिल्लामा एक रासायनिक कारखानामा सिलिण्डर विस्फोट हुँदा कम्तीमा १२ जनाको ज्यान गएको छ । विस्फोटमा परेर ५८ जना घाइते भएका छन्, जसमध्ये ९ जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

महाराष्ट्र टाइम्सको रिपोर्टका अनुसार यो घटना शनिबार बिहान ९ बजेर ४५ मिनेट जाँदा भएको हो । विस्फोटको समयमा रासायनिक कारखाना उद्योगमा कम्तीमा सय जना मजदुरहरु काम गरिरहेका थिए । पाँच ओटा दमकल घटनास्थलमा पुगेको र आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको बताइएको छ । प्रहरीका अनुसार ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्छ । विस्फोट भएको रासायनिक कारखाना धुले जिल्लाको शिरपुर तालुकाको वघाडी गाउँमा छ । 

विस्फोटको आवाज निकै टाढासम्म पनि सुनिएको थियो । विस्फोटका कारण नजिकै खेतमा काम गरिरहेका मजदूरहरु पनि घाइते भएको बताइएको छ । जानकारीका अनुसार विस्फोट भएको रासायनिक कारखानामा रहेका ६ ओटा बोइलरमध्ये ४ ओटा बोइलर फटिसकेको छ । रासायनिक कारखानामा बोइलरको निरन्तर विस्फोटका कारण आगलागी नियन्त्रण गर्न गाह्रो भैरहेको अधिकारीहरुले जनाएका छन् । एजेन्सी 

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...