‘पर्खाल भित्र’बाट यसरी साहित्यीक यात्रामा निस्किए डिल्लु

अमेरिका (सिन्सिनाटी) । 

म कहिल्यै मान्छे मान्दिन जोसगँ मन हुँदैन 

जब की आफ्नै आमाको माया जतन हुँदैन ।


तिमी सारा दुनियाँ भुलेर जे–जति कमाउ

परिवार  भुलेर  कमाएको धन, धन हुँदैन ।


छोरी पराई भनेर हेला नगरे हुन्छ महाशय 

त्यही छोरी ननाचेको आँगन आँगन हुँदैन ।


सधै नारीको नारा बोकेर निस्कन्छ बाहिर 

घर फर्कदा आफु कहिले सज्जन हुँदैन ।


एउटा चाहना छ आफु बाबु भएपछि अब 

देखाउँन सकूँ छोरीको आखाँमा रोदन हुँदैन । 

वाहिर होस् या भित्र । पर्खाल, आखिर पर्खाल नै हो । माथीका यी हरवहरु यो पर्खालभित्रको एउटा पर्खाल हो । जसमा मानवीय संवेदना ओकलिएको छ ।

भुटानको साम्राङमा जन्मिएर जीवनका अनेकौ सपना फुलाउने, फलाउने र सजाउने अभिप्सासँगै अमेरिकाको सिन्सिनाटी पुगेका नेपालीभाषी भुटानी गजलकार डिल्लु चम्लागाईले आफ्नो कृतिमा पर्खालभित्र छिरेर मानवीय भावना चिर्ने कोसिस गरेका छन् । 

२०६० सालदेखि साहित्य लेखनमा लागेका चम्लागाईको यो पहिलो कृति हो । तर, उनले पहिलो कृतिमा नेपाली साहित्यीक क्षेत्रमा आफ्नो बलियो उपस्थिती रहेको पुष्टि गरेका छन् । 

हालै उत्तर अमेरिकाको सिन्सिनाटी राज्यमा लोकार्पण गरिएको ‘पर्खालभित्र’ पस्नेहरु जतिले यसको प्रसंशा गरेका छन् । सबैले ‘वा साह्रै राम्रो’ भनेका छन् । 

मात्रृभाषा संरक्षण समुहले प्रकाशन गरेको सो कृतिमा माया प्रेम र सामाजिक चिन्तनसँगै राष्ट्रप्रेमको गतिलो मिश्रण अटाएको छ । ‘यो मेरो पहिलो कृति भए पनि राम्रो प्रतिक्रिया पाएको छु’ उनले भने, ‘यसले मलाई साहित्य लेखनमा उर्जा थपिदिएको छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकै परिवारका ५ जनाको मृत्यु भएपछि आज सार्वजनिक विदा

Sarbajanik bida

काठमाडौं । त्रियुगा नगरपालिका वडा नम्बर १० वडा कार्यालयले एकै परिवारका ६ जनाको निधन भए पछि वडा का...