लोक सेवा र शिक्षक सेवा आयोग उत्तिर्ण गर्नेलाई वडा कार्यालयको सम्मान

Chintang samman

धनकुटा । धनकुटाको सहिदभुमी गाउँपालिकाबाट लोकसेवा आयोग तथा शिक्षक सेवा आयोगको परीक्षामा उर्तीण हुने ८ जना सम्मानित भएका छन् ।

सहिदभुमि गाउँपालिका वडा नं. ४ को आयोजनामा गाउँपालिकाबाट लोकसेवा पास गर्न सफल शहिदभुमी गाउँपालिका वडा नं. ४ की जेनी राई र शिक्षक सेवा आयोग पास गर्ने ८ जनालाई प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले सम्मान गरे ।

यसरी सम्मानित हुनेहरुमा सम्मान पाउनेहरूमा सहिदभुमि गाउँपालिका वडा नं. ४ र ५ बाट लोकसेवा आयोगमा नाम निकाल्न सफल राजकुमार राई, प्राथमिक तहको शिक्षा सेवा आयोगमा नाम निकाल्न सफल सदिस राई, राजकुमार राई, आसन राई, शिवकुमार राई, सरोज राई, होमकुमार राई रहेका छन् ।

पढाईमा लगनसिल गराई रोजगार बनाउन युवाहरूलाई प्रोत्साहन गर्नका लागि वडा कार्यालयले शिक्षामा गत वर्ष नै छुट्याएको ८० हजार र अन्य शिर्षकको ५० हजार गरी एक लाख ३० हजार बरावरको बजेटबाट सबैलाई सम्मान गरिएको वडाध्यक्ष भुपेन्द्र राईले बताए ।

उनीहरुलाई सम्मान गर्दै सांसद राई वडाबासी शिक्षित भएमात्र वडाको विकास हुने भएकाले सबैले आफ्ना सन्तानलाई शिक्षा दिन आग्रह गरे । उनले भावी पुस्तालाई शिक्षित बनाउन अहिलेदेखि नै पहल गरिनुपर्ने बताए ।

सो वडामा अधिकांस राई जातिको बसोबास छ । यो क्षेत्रमा रहेका अधिकांस अशिक्षित व्यक्तिहरूलाई शिक्षा प्रतिको मोह जगाई सिंगो गाउँपालिककालाई नै शिक्षित शिक्षित पालिका घोषणा गर्ने उद्देश्यले शिक्षाको क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी बजेटमा विएस्सी पढन चाहने तर कमजोर आर्थिक स्थिति कमजोर भएकालाई सहयोग गर्न वडा कार्यालयले १ लाख रुपैया विनियोजन गरेको छ ।

 

प्रतिकृया दिनुहोस