मेसी र रोनाल्डोलाई पछि पार्दै डाइक बने सर्वोकृष्ट युरोपियन वर्ष खेलाडी

मेसी र रोनाल्डोलाई पछि पार्दै डाइक बने सर्वोकृष्ट युरोपियन वर्ष खेलाडी

काठमाडौँ । लिभरपुललाई छैटौंपल्ट च्याम्पियन्स लिगको उपाधि दिलाउन प्रमुख भूमिका खेलेका सेन्टर ब्याक भर्जिल भान डाइक यूईएफए वर्षको पुरुष फुटबलर भएका छन् । उनले बार्सिलोनाका लियोनल मेसी र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै उक्त उपाधि जितेका हुन् । महिलातर्फ लुकी ब्रोन्जले यो उपाधि हात पारिन् ।

उनले लियोनलाई महिला च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् भने विश्वकपमा इंग्ल्यान्डलाई सेमिफाइनल पुर्‍याएकी थिइन् । नेदरल्यान्ड्सका कप्तान भान डाइकले युरोपको वर्षको उत्कृष्ट रक्षकको उपाधि पनि पाए । त्यस्तै लिभरपुलका एलिसन बेकर उत्कृष्ट गोलरक्षक, अयाक्सका फ्रान्क डी जोङ उत्कृष्ट मिडफिल्डर र बार्सिलोनाका मेसी उत्कृष्ट फरवार्डमाचुनिएका थिए । एजेन्सी 

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...