प्रधानमन्त्रीले अस्पताल पुगेर भेटे अनशनरत युवा

106271248 169984427841503 7094328228004864955 n

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणको सबल व्यवस्थापनको माग गर्दै अनशनरत युवालाई भेटेका छन् ।

प्रधानमन्त्री ओलीले आज ह्याम्स अस्पताल पुगेर ‘इनफ इज इनफ’ समूहका अनशनकारीको स्वास्थ्यावस्थाबारे जानकारी लिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।

भेटमा प्रधानमन्त्रीले सरकार कोभिड–१९ नियन्त्रण गर्न पारदर्शी ढङ्गले सक्रिय रहेको उल्लेख गरेका छन् ।  पाटन दरबार स्क्वायरमा गत सातादेखि अनशन बसेका युवाको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको थियो ।
 

प्रतिकृया दिनुहोस