ओली नआउँदा शनिबारसम्म स्थगित भयो नेकपा स्थायी कमिटी बैठक

Nekapa ma kurci bibad

काठमाडौं । तीव्र विवादका बीच जारी रहेको नेकपा स्थायी कमिटी बैठक शनिबार बस्ने गरी स्थगित भएको हो । बिहीबार बिहान ११ बजे बसेको बैठक मन्त्रिपरिषद् बैठकका कारण केही घन्टा रोकिएको थियो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि स्थगित भएपछि केहीबेर स्थगित भएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक फेरि सुरु भएको थियो ।

शुक्रबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताले छलफल गर्ने, पार्टीको यो संकटलाई समाधान गर्न अधिकतम् कोसिस गर्ने भनेर बैठक एक दिनको समय राखेर आजको बैठक सकिएको हो ।

अब स्थायी कमिटी बैठकअघि शुक्रबार नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच छलफल हुने योजना छ । सो छलफलपछि निकास निस्किने विश्वासमा नेताहरु छन् ।

‘सदन स्थगित नगर्नुस् भनेका थियौं । हुन्छ पनि भन्नु भयो तर अचानक स्थगित गर्नुभयो । मुखले एकातिर भनेर काम अर्कोतिर गर्नुभयोु दाहालले ओलीलाई भनेका थिए । जवाफमा ओलीले संसद् स्थगित भएर के बिग्रियो र । एक/दुई दिन अध्यादेश नल्याउँला नि !,’ ओलीसँगको छलफलबारे दाहालले बैठकमा उक्त ब्रिफिङ गरेका थिए ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेसँगै नेकपाको स्थायी कमिटी बैठक पनि प्रभावित भएको हो । मन्त्रिपरिषद् बैठक बस्नु प्रधानमन्त्री केपी शर्मा ओली पनि राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास गएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...