मेक्सिकोको एउटा बारमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु

मेक्सिको । मेक्सिकोको एउटा बारमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ । मेक्सिकोको वेराक्रुज राज्यमा रहेको एउटा बारमा आगलागी हुँदा कम्तीमा २३ जनाको ज्यान गएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको हो । मंगलबार राति वेराक्रुज राज्यको दक्षिणी भागको कोट्जाकोल्कोसमा आगलागी भएको अन्तराष्ट्रिय संचारमाध्यामले जनाएका छन् । महान्यायाधिवक्ताको कार्यालयले घटनाको निन्दा गर्दै ‘दुर्भाग्यपूर्ण आक्रमणको कारण’ के हुनसक्छ भनेको छ । 

ज्यान गुमाउनेमा ८ जना महिला र १५ जना पुरुष रहेको महान्यायाधिवक्ताको कार्यालयले जानकारी दिएको छ । गम्भीर घाइते भएका १३ जनाको अस्पतालमा उपचार भैरहेको छ ।  कोट्जाकोल्कोस मेक्सिकोको तटको खाडीमा रहेको बंदरगाह शहर हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...