वरिष्ठ नेता पौडेल उपस्थित नभएपछि कांग्रेसको बैठक स्थगित

काठमाडौं । आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल उपस्थित नभएपछि बैठक स्थगित भएको हो । नेता पौडेलको स्वास्थ्यमा समस्या आएका कारण समितिको बैठकमा उपस्थित नभएकाले बैठक स्थगन भएको बताइएको छ । नेता पौडेललाई इन्डोस्कोपी गरिएकोले आराम गरिरहेको बताइएको छ । बैठक भोलि दिउँसो २ बजेका लागि सारिएको छ ।

सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा बोलाइएको आजको बैठकमा उपनिर्वाचन, स्थानीय तह संगठनको पुनःसंरचना र दोस्रो चरणको जागरण अभियान लगायतका विषयमा छलफल गरिने तय भएको थियो । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

भ्रमण वर्ष सफल पार्ने बहराइनको प्रतिबद्धता

Ms khalifa

काठमाडौँ ।  बहराइनका परराष्ट्र सचिव डा सइका राना बिन्ट लसा अल खालिफाले नेपाल भ्रमण वर्ष २०२० सफल ...