पत्रकार खड्का मृत्युको घटना रहस्यमय, अनुसन्धान गर्न महासंघको माग

Tejunews kantipath

नेपाल पत्रकार महासंघ केन्द्र र सुदूरपश्चिमले डोटीका पत्रकार तेजबहादुर खड्का मृत्युको घटना रहस्यमय रहेको ठहर गर्दै अनुसन्धानको माग गरेको छ।

केन्द्रिय पत्रकार महासंघका महासचिव रमेश विष्ट  सुदूरपश्चिमका महासचिव योगेश रावलद्धारा जारी विज्ञप्तीमा घटना रहस्यपूर्ण रहेकाले अनुसन्धानको माग गरिएको छ।

‘कङ्कालसँगै भेटिएका परिचय पत्र लगायतका केही सामाग्री लामो समय सम्म पनि दुरुस्तै देखिनुले घटना रहस्यमय भएको ठहर गर्दै मृतक खड्काको घटनाका बारेमा गम्भिर अनुसन्धानको माग गर्दछौँ।’ विज्ञप्तीमा भनिएको छ।

महासंघले मृतक खड्काका परिवारलाई सहयोग गर्न समेत माग गरिएको छ। खड्का २०७५ भदौ ९ गते बुढीनन्दामा लागेको मेलाबाट फर्किने क्रममा बर माग्ने डाडाबाट सम्पर्क विहीन भएका थिए।

गत वर्षको मंसिरमा भेटिएको कंकाल उनकै भएको नेपाल प्रहरीले पुष्टि गरेको छ।

taj

याे पनि.....
वेपत्ता अवस्थामा रहेका पत्रकार तेजबहादुर खड्काको निधनको पुष्टि भएको खवरले महासंघ स्तब्ध,
घटना रहस्यमय हुनसक्ने भएकोले गहिरो अनुसन्धान र छानबिनको माग

मिति : २०७७।०३।१७
२०७६ मंसिरमा भेटिएको कंगाल वेपत्ता अवस्थामा रहेका नेपाल पत्रकार महासंघ डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बुढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्काको रहेको पुष्टि भएको खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ ।

बाजुरास्थित बुढीनन्दा तिर्थस्थलबाट फर्किने क्रममा २०७५ भदौ ९गतेदेखि सम्पर्कविहीन रहेका पत्रकार खड्काको २०७६ मंसिरमा झोलासंगै पर्स र कंगाल भेटिएपछि नेपाल प्रहरीको केन्द्रीय बिधि बिज्ञान प्रयोगशालामा डिएनए परीक्षण गर्दा २०७७ असार१६ गते सो कंगाल पत्रकार खड्काको नै भएको प्रहरीले पुष्टि गरेको हो ।

नेपाल पत्रकार महासंघ स्वर्गीय खड्काप्रति हार्दिक श्रद्घाञ्जलीअर्पण गदै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, यस दुःखद् घडीमा महासंघ शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।

साथै, महासंघ पेशागत कर्म निर्वाहमा हिँडेका पत्रकार खड्का एक्कासि वेपत्ता हुनु र १५ महिनापछि कंगालसंगै फेला परेका सामग्रीहरू लामो समयपछि पनि दुरूस्तै देखिनुले घटना रहस्यमय हुनसक्ने भएकोले घटनाको गहिरो अनुसन्धान र सत्यतथ्य छानबिन गर्न तथा शोकमा रहेका पत्रकार खड्काका परिवारलाई राहत र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

रमेश विष्ट
महासचिव

प्रतिकृया दिनुहोस