बुधबार बिहानै चितवनमा १३ जना कोरोना संक्रमित थपिए, कुल संक्रमित २५ पुग्यो

1586848470coronavirus news scientists is

काठमाडौं । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको मंगलबार गरिएको परीक्षणमा आज (बुधबार) बिहान चितवनका १३ जनासहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवनका संक्रमण पुष्टि हुनेमा भरतपुरका मात्रै ११ जना छन् भने दुई जना माडीका हुन् । भरतपुर अस्पतालबाट गरिएको परीक्षणमा माडी नगरपालिका–५ र ३ का २५ र ७३ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नारायणी सामुदायिक हस्पिटलमा उपचाररत भरतपुर महानगरपालिका–७ का ६१ वर्षीय पुरुष र १२ वर्षकी बालिकामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । यस्तै भरतपुर महानगरपालिकाको वडा नंं.९, ४, २२, २५ र २६ नम्बर वडाका २१ देखि ४८ वर्ष उमेर समूहका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै आज नै पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाका २ महिलासहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सेन्ट्रल हस्पिटलमा उपचाररत गोर्खाको मनकामना बस्ने ३० वर्षीया महिला र भरतपुर अस्पतालमा झापा दमक–३ बस्ने ३५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...