प्रदेश नं.१ मा ४१ हजार ३३९ जनाको कोरोना परीक्षण

10rwmzi4mgskcpy3hm9t

काठमाडौँ । प्रदेश नं १ मा अहिलेसम्म ४१ हजार ३३९ जनाको कोरोना परीक्षण भएको छ । परीक्षण भएकामध्ये पीसिआर विधिबाट २३ हजार ५७७ र आरडिटी विधिबाट १७ हजार ७६२ जना रहेका छन् ।

सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको अस्पताल विकास तथा चिकित्सा सेवा महाशखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो । महाशाखा प्रमुख सागर प्रसाइँका अनुसार वैशाखमा पिसिआर विधिबाट दुई हजार ४३९ र आरडिटी विधिबाट आठ हजार ६७४, जेठमा पिसिआर विधिबाट १२ हजार ९२१ र आरडिटी विधिबाट छ हजार ९२७ तथा असार १५ सम्ममा पिसिआर विधिबाट आठ हजार २१७ र आरडिटी विधिबाट दुई हजार १६१ जनाको परीक्षण भएका छन् ।

सो अवधिमा ३९२ जना सङ्क्रमित उपचार पछि निको भएर घर फर्किसकेको उनले बताए । अहिले विभिन्न आइसोलेसन कक्ष एवं उचार केन्द्रमा १७५ जना सङ्क्रमितको उपचार भइरहेको उहाँले जानकारी दिए ।  उनका अनुसार पछिल्लो २४ घन्टामा यो प्रदेशमा १० जना नयाँ सङ्क्रमित भेटिएका छने । तीमध्ये झापाका चार, सङ्खुवासभाका तीन, सुनसरीका दुई र खोटाङका एक जना छन् ।

सो अवसरमा सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोरोना सङ्क्रमित भर्ना हुनेमध्येबाट उपचारपछि घर फर्किनेको अनुपात सन्तोषजनक रहेको बताए ।

प्रतिकृया दिनुहोस