कोराना परीक्षण गर्न ल्याव नचाहिने, बन्यो एक्सरे मेसिनबाटै संक्रमण पत्ता लगाउने बिधी

Cropped gettyimages

काठमाडौं । विश्वब्यापी महामारीको रुपमा मानव जगतमाथी आइलागेको कोरोना भाइरस संक्रमणको रोकथामका लागि अहिलेसम्म अचुक उपचारको ब्यवस्था हुन सकेको छैन ।

केवल प्रयोगात्मक उपचार पद्धतिकै भरमा कोरोना संक्रमित विरामीहरुको उपचार गर्नु परिरहेको छ । उपचारभन्दा पहिले कोरोना संक्रमितहरुको पहिचान जरुरी हुन्छ ।

यसका लागि थुप्रै प्रविधिहरुको प्रयोग भैरहेका छन । परीक्षणको काम उपचार जस्तो जटिल नभए पनि सर्वसुलभ हुन सकिरहेको छैन । समय र पैसाको दृष्टिकोणमा पिसिआर परीक्षण प्रणाली सवैका लागि ग्रह्य हुन सकेको छैन । तर अब यो समस्यामा धेरथोर राहत मिल्ने भएको छ ।

एक्सरे परीक्षणका आधारमा अत्यन्तै छोटो समयमा कोरोना भाइरस संक्रमण बारे पत्ता लगाउने प्रविधिको विकास भएको छ । ईण्डियन ईन्स्टिच्युट आफ टेक्नोलोजी (आइआइटी) को गान्धीनगर शाखाका अनुशन्धानकर्ताहरुले यस्तो प्रविधिको विकास गरेका हुन् ।

यो प्रविधि चिकित्सकीय उपचारपूर्व अत्यन्तै छोटो समयमा पहिचान गर्न उपयोगी हुने आईआइटीका वैज्ञानिकहरुले दावी गरेका छन । आर्टिफिसियल ईन्टिलिजेन्स (एआई) प्रविधिमा आधारित यो परीक्षण प्रणालीलाई भारतको ईण्डियन इन्स्टिच्युट अफ पब्लिक हेल्थ (आईआईपीएच) ले लागु गरेको भारतीय सञ्चार माध्यम अमर उजालाले जनाएको छ ।

आईआईटी गान्धीनगरको कम्प्युटर विज्ञान मातहतको ईन्जिनियरिङ विभागको एमटेकका छात्र कुशल सिंह यादवले बताए अनुसार कोभिड १९ को सिमित परीक्षण सुविधालाई ध्यानमा राख्दै यो प्रणालीको विकास गरिएको हो ।

उनले भने, ‘यो प्रविधिबाट कुनै पनि ब्यक्तिको एक्सरेको अध्ययन गरी संक्रमण भए नभएको जानकारी तुरुन्त प्राप्त गर्न सकिन्छ ।’

यादवका अनुसार यो प्रविधिमा आधारित परीक्षण मेशिनमा non-linear statistical data modeling  का १२ वटा तह जडान गरिएका छन् । यसले मानव मस्तिष्कमा रहेका न्युरोनले जस्तै काम गर्छ । यही क्षमताका कारण एक्सरेको अध्ययन गरेर छोटो समयमा संक्रमणको पहिचान गर्न सम्भव भएको हो ।

अमेरिकाको प्रिन्स्टन विश्वविद्यालयका अनुशन्धानकर्ताहरुले पनि कोरोना भाइरस संक्रमण बारे पत्ता लगाउन यहि प्रविधिमा आधारित उपकरण निर्माण गरेका छन् ।

आईआईटी परियोजनाको रेखदेखको जिम्मा पाएका एसोसियट प्रोफेसर कृष्ण प्रसाद मियापुरमले यो उपकरण विश्वब्यापी रुपमा उपलब्ध अन्य प्रविधिहरु भन्दा उपयुक्त र स्तरीय रहेको दावी गरेका छन् । उनका अनुसार हाल विश्वभर उपलब्ध प्रकृया र प्रविधिको बोझ कम गर्न यो प्रविधि उपयुक्त छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...