प्रहरीद्धारा साँगाचोकगढीमा तीन हजारभन्दा बढी गाँजाका बोट नष्ट

Police vs gaja

काठमाडौँ । चौतारा साँगाचोकगढी नगरपालिकाका विभिन्न वडामा तीन हजारभन्दा बढी गाँजाका बोट नष्ट गरिएको छ । वडा नं ४, ५ र १० का विभिन्न स्थानमा उम्रिएका गाँजाका बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सोमबार  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेको नेतृत्वमा खटिएको टोलीले १६ सयभन्दा बढी गाँजाका बोट नष्ट गरेको हो । नगरपालिकाको वडा नं ४ र ५ क्षेत्रभित्र झण्डै ५ रोपनी जग्गामा उम्रिएर फैलिएको १६ सय गाँजाका बोट फडानी गरी नष्ट गरिएको प्रनाउ काफ्लेले बताए ।

सोमबार नै वडा नं १० स्थित देउरालीमा पनि साँगाचोक प्रहरीले १५ सय गाँजाका बोट नष्ट गरेको थियो । लागु पदार्थ सेवनबाट आपराधिक घटना बढ्ने भन्दै जिल्लाभर भीर, पाखा र व्यक्तिका जग्गामा उम्रिएका गाँजाका बोट नष्ट गरिने प्रनाउ काफ्लेले बताए

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...