पतिले बढी नै माया गर्ने, झगडा नगर्ने भन्दै पत्नीले मागिन् डिभोर्स

काठमाडौं । पतिले सारै माया गर्ने गरेको भन्दै एक जना महिलाले पतिसँग डिभोर्स मागेकी छन् । सामान्यतया पति र पत्नीबीच झगडा हुँदा पारपाचुकेको स्थिति आउँछ तर यूएईमा झगडा नभएकोमा एक महिलाले पतिसँग तलाक मागेकी छन् ।

फजराहको शरिया अदालत पुगेकी महिलाले भनिन्, ‘मेरा पति साह्रै सोझा छन् । बिहे भएदेखि उनले चर्को स्वरमा कुरा गरेका छैनन् । जहिले पनि उनी घरको काममा सघाउँछन् । कतिचोटि उनले आफैं खाना बनाएर पनि खुवाए ।

पतिको अपार प्रेममा म निसासिएको अनुभव गरिरहेकी छु । सबैथोक राम्रो भएकाले जिन्दगी नर्क जस्तो भएको छ ।’ आफ्नो कुरा चुपचाप मान्ने पति पाएकाले महिला वाक्कदिक्क भएकी छन् । केही विवाद होस् भनेर आफूले कोशिश गरेको तर विवाद हुनै नसकेको उनको भनाइ छ । 

तर अदालतले यो मुद्दा अगाडि बढाउन मानेन । पत्नीलाई उसले मुद्दा फिर्ता लिन आग्रह गर्‍यो । अदालतले भन्यो, ‘बिहेको एक वर्षमा नै निर्णय लिइहाल्नु उचित हुँदैन । हरेक व्यक्तिले गल्तीबाटै सिक्दै जाने हो ।’ अदालतमा महिलाका पतिले कुनै गल्ती नगरेको बताए ।

आफू उम्दा पति बन्न चाहेको अनि पत्नीलाई कुनै गुनासो नहोस् भन्ने चाहेको तर यही प्रेमले उसलाई तलाक माग्न बाध्य बनाएको उनले बताए । पत्नीले एकपटक तिम्रो तौल बढ्यो भन्दा उसलाई खुशी पार्नका लागि डाइटिङ र व्यायाम पनि गरेको पतिको भनाइ छ । त्यही चक्करमा उसको गोडो भाँचिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...