सुस्मिता थापाको हत्यामा सासु ससुरासहित दुई नन्द आमाजूको संलग्नता रहेको खुलासा

Sushmita thapa hatya 2962020090212 1000x0

काठमाडौँ ।  हेटौंडा उपमहानगरपालिका–४, कर्राकी सुस्मिता थापाको हत्या आरोपमा प्रहरीले ४ जनालाई सार्वजनिक गरेको छ । प्रहरीले आर्थिक, मानसिक र यौनजन्य हिंसापश्चात सुनियोजित रुपमा परिवारबाटै भएको उक्त हत्या काण्डको निष्कर्ष  निकाल्दै प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो ।

घटनामा संलग्न रहेको आरोपमा मृतक थापाका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा थापा, २३ वर्षीया नन्द सीता थापा र २७ वर्षीया अमाजू दुर्गा थापालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

सुस्मिता आफ्नै घरको भान्सा कोठामा असार २ गते मृत अवस्थामा भेटिएकी थिइन् । प्रहरीले सुस्मिताको हत्या आरोपमा मृतकका ससुरा र नन्दलाई असार ४ गते नै पक्राउ गरी ज्यानसम्बन्धी कसुर मुद्दामा अनुसन्धन प्रक्रिया सुरु गरेको थियो ।

प्रहरीले १३ दिनको अनुसन्धानपश्चात् घटनाको टुंगो लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिं राठौरले जानकारी दिए । उनको हत्या असार १ गते राति १० बजेको समयमा नै भएको अनुसन्धानबाट खुलेको छ । ‘भान्सा कोठामा नन्द सीतासँग खाना खाइरहेको अवस्थामा एक्कासि ससुराले पछाडिबाट काठले सुस्मितालाई हानेको देखिन्छ ।

ससुराले काठले हानेपछि नन्दले लोरोले हानेर उनको हत्या भएको देखिन्छ,’ प्रहरी उपरीक्षक राठौरले नौ महिना अगाडि ससुराली कपिलवस्तुबाट फर्केने क्रममा नवलपरासीको दाउन्नेमा सवारी दुर्घटनामा सुस्मिताका पतिको निधन भएको बताए ।

‘पतिको निधनपश्चात् नियमितजसो सुस्मितालाई परिवारबाटै यातना भइरहेको देखिन्छ,’ प्रहरी उपरीक्षक सिंहका अनुसार सुसराले मृतक बुहारीलाई बाथरुममा जबर्जस्ती करणीसमेत गरेको अनुसन्धानको क्रममा खुलेको छ । ‘आफूले गरेको करणी प्रयास बाहिर आउँदा सामाजिक प्रतिष्ठा जाने र छोराको निधनपश्चात् प्राप्त रकमको विषयलाई लिएर मारेको देखिन्छ,’ राठौरले भने ।

प्रहरीका अनुसार मृतककी पतिको निधनपश्चात् दुर्घटना, बिमा, सामाजिक सुरक्षा कोष तथा कार्यरत संस्थाबाट करिब ५५ लाख ६० हजार तीन सय २४ रुपैयाँ प्राप्त भएको रकमको विषयलाई लिएर समेत परिवारमा कलह अवस्था सिर्जना भएको थियो । बिमाको  दश लाख ६३ हजार नौ सय चौध रुपैयाँ रकम भने ससुराले झिकिसकेको प्रहरीले जनाएको छ ।

 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...