कोरोना विरुद्धको औषधि तयार पर्दा योगगुरु रामदेवलाई झमेला, राजस्थान प्रहरीमा मुद्दा दर्ता

Baba ramdev

काठमाडौं । विश्व नै कोरोनाबाट त्रसित बनेको बेला भारतमा असार ९ गते मंगलबार भारतीय योगगुरु रामदेवले कोरोनाविरुद्धको औषधि सार्वजनिक गरे । त्यसलगत्तै भारतको आयुष मन्त्रालयले पतञ्‍जलि ग्रुपलाई निर्देशन दिँदै मंगलबार यस औषधिको परीक्षण नहुन्जेल प्रचार–प्रसार नगर्न निर्देशन दियो ।

यसका साथै उत्तराखण्ड सरकारको लाइसेन्सिङ्‍ग अथोरिटीबाट यस उत्पादनको अनुमतिपत्रको प्रतिलिपि पनि मगाइयो । अहिले फेरि भारतमा सरकारको स्वीकृति विना नै कोभिड १९ को औषधि भन्दै आयुर्वेदिक औषधि सार्वजनिक गरेकोमा भारतीय योग गुरु रामदेवविरुद्ध मुद्दा दर्ता भएको छ ।

विश्व जगत नै पताञ्जली रिसर्च इन्सीच्युट, हरिद्वार एन्ड नेशनल इन्सीच्युट अफ मेडिकल साइन्स जयपुरको खोजमा कोरोनिल नामक औषधी सार्वजनिक भएको थियो भने यसले कोरोनाबाट त्रसित आम जनतालाई खुसीको तरंग ल्याइदिएको थियो । यो खुसी साँझसम्म मात्रै टिक्यो, आयुष मन्त्रालयले पतञ्‍जलीलाई औषधिको प्रचार नगर्न निर्देश दिएको छ ।

राजस्थान प्रहरीमा रामदेवविरुद्ध यही शनिबार मुद्दा दर्ता भएको उच्च अधिकारीले जानकारी दिएका छन् । रामदेवसँगै आचार्य बालकृष्ण, बिएस तोमर, तोमरका छोरा अनुराग तोमर र वरिष्ठ वैज्ञानिक अनुराग भर्सनेमाथि पनि मुद्दा दायर भएको छ ।

हरिद्धारस्थित पतञ्जली आयुर्वेदले कोभिड १९ विरुद्धको औषधि भन्दै मंगलबार ‘कोरोनिल’ नामको एक आयुर्वेदिक औषधि सार्वजनिक गरेको थियो ।

पतञ्जलीको अर्को उत्पादनको रुपमा सार्वजनिक गरिएको भन्दै कोभिड १९ का बिरामीलाई त्यसले निको हुने दावी रामदेव लगायतको थियो । योगगुरु रामदेवविरुद्ध अन्य विभिन्न प्रहरी कार्यालयमा ठगी लगायत विभिन्न प्रकृतिका मुद्दा दायर भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...