भारतीय पूर्वअर्थमन्त्री अरुण जेटलीको निधन

काठमाडौं । भारतका पूर्वअर्थमन्त्री अरुण जेटलीको शनिबार दिउँसो निधन भएको छ । शनिबार दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा जेटलीको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय लोकसभाका सांसाद समेत रहेका जेटली १५ दिन अघि एम्स अस्पतालमा भर्ना भएका थिए । उनी श्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित थिए ।

६६ वर्षीय पूर्वअर्थमन्त्री जेटली भाजापाका दिग्वज नेतामध्ये एक हुन् । भारतीय प्रधानमन्त्री मोदीले आफ्नो दोस्रो कार्यकालमा पनि जेटलीलाई सरकारको जिम्मेवारी दिने तयारी गरेका थिए । तर, उनले स्वास्थ्य अवस्था कमजोर भएको भन्दै कुनै जिम्मेवारी नलिने बताएका थिए ।

अस्पतालमा रहँदा जेटलीलाई भेट्न प्रधानमन्त्री मोदीसमेत गएका थिए । पछिल्लो समय भाजपाले दुई ठूला नेता गुमाएको छ । अघिल्लो महिनामात्रै पूर्वविदेशमन्त्री सुष्मा स्वराजको निधन भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...